उत्तर कोरियाली शासक किम जोङ उन चीन पुगेको पुष्टी

काठमाडौं, चैत १४ । उत्तर कोरियाली शासक किम जोङ उन चीन पुगेको पुष्टी भएको छ । चिनियाँ सरकारी समाचार एजेन्सी सिह्न्वाले किम चीन आएको पुष्टी गरेको हो । केही दिनको अड्कलबाजीका बीच किम चीन पुगेको प्रमाणित वीवीसीले लेखेका छ ।

बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिङपिङले उत्तर कोरियाली नेता किमसँग भेटवार्ता गरेको पनि समाचारमा उल्लेख छ । भेटवार्तालाई सफल भएको दावी गरिएको छ । यसअघि जापान र दक्षिण कोरियाले यसरी अचानक चीन आएको व्यक्ति किम नै हुनसक्ने आशंका गरेका थिए ।

जापानी संचार माध्यमहरुले उत्तर कोरियाको कूटनीतिक रेलमार्फत उच्च उत्तर कोरियाली नेतृत्व बेइजिङ पुगेको र यस क्रममा उच्च सुरक्षा सतर्कता अपनाइएको उल्लेख गरेको थियो । किमका बुबा किम जोङ इलले चीन भ्रमण गर्दाको अवस्थासँग दाँज्दै उत्तर कोरियाली रेलको तस्वीरसमेत सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *