नेपालमै छन् यस्ता भिअार्इपी चाेर

चैत्र १३, काभ्रे । उखानै छ ‘चाेरका चार दाउ’ प्रहरीले जतीजती सुरक्षा ब्यवस्था मजवुत बनाउँछ चाेरहरू त्यत्तिनै नयाँ नयाँ दाउ निकाल्छन् । भेष बदलेर चाेर्ने मात्र हैन अब नेपालमा पनि विलासी गाडी प्रयाेग गरेर दिउसै चाेर्ने चाेरहरू पनि देखिएका छन् । यस्तै दुर्इ चाेरलार्इ प्रहरीले छिमेकी जिल्ला काभ्रेपलाञ्चाेकबाट पक्राउ गरेकाे छ।

चोरीको आरोपमा पक्राउ परेका दुई युवकलाई काभ्रे प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भक्तपुरका २३ वर्षीय लक्ष्छु कार्की र ३३ वर्षका गणेश तामाङ छन् । प्रहरीका अनाुसार उनीहरु सामान्य चोर भने होइनन् । पाहुना झै बनेर कार चढेर आउँछन् र लुटेर भाग्छन् ।

यो समूहले शनिबार मध्याहृन मण्डनदेउपुर २ नगरकोटमा सानुकान्छा तामाङको पसलमा चोरी गरेका थिए । आइटेन कार चढेर गएका उनीहरुले सानुकान्छाको पसल फोडेर ३ लाख रकमसहित सुन र केहि विदेशी मुद्रा चोरी गरेकाे प्रहरीले बताएकाे छ ।

१० चैतमा लक्ष्छुलाई नियन्त्रणमा लिएपछि उनकै सूचनाका आधारमा गणेश पनि पक्राउ परेका हुन् । उनीहरुको साथवाट नगद १ लाख ६ हजार, केही विदेशी मुद्रा र ३ थान मोवाइल सेट र केही सुन समेत बरामत भएको काभ्रे प्रहरीले जनाएको छ ।

चोरीमा प्रयोग गरिएको हुन्डाई कम्पनीको बा ७ च ४२ नंम्बरको आईटेन कार पनि बरामद भएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले यस अघि पनि धेरै स्थानमा कार प्रयाेग गरेर चाेरी गर्ने गरेका थिए । कार्की र तामाङविरुद्ध मुलुकी ऐनको चोरी महल अन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक सुनिलजंंग शाहले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *