विद्यार्थीलाई ABROAD STUDY को सही सूचना प्रवाह गर्न काठमाडाैंमा मेगाअष्ट्रेलिया फेयर

उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीलाई लक्षित गर्दै आउँदो चैत्र १६ र १७ गते राजधानीमा तेस्रो मेगा अष्ट्रेलिया एजुकेशन फेयर हुँदैछ । वान अपको आयोजनामा हुन गइरहेको मेगा फेयरमा विद्यार्थीहरूले अस्ट्रेलियाको शिक्षा प्रणाली, विश्वविद्यालय लगायतका विविध विषयमा जानकारी पाउने छन् । राजधानीको दरबारमार्ग स्थित अन्नपूर्ण होटेलमा आयोजना हुने मेगा अष्ट्रेलियन एजुकेशन फेयरमा विद्यार्थीले किन सहभागिता जनाउन आवश्यक छ भनेर आयोजक वान अपका मेनेजर भोला पोख्रेलसँग गरिएको कुराकानीको संक्षेपः

आउँदो चैत्र १६ गतेदेखि हुन गइरहेको मेगा एजुकेशन फेयरको उद्देश्य के हो ?

जो विद्यार्थी प्लस टु पास गरेका छन् । जो विद्यार्थी ब्याचलर गरेर माष्टर्स गर्न अस्ट्रेलिया जाने सोच बनाइरहेका छन् । उनीहरूलाई ABROAD STUDY का विषयमा सही काउन्सेलिङ गर्नका लागि मेगा अष्ट्रेलियन एजुकेशन फेयरको आयोजना गरिएको हो ।

वानअपले आयोजना गर्ने फेयर र अरू समयमा हुने फेयरमा के फरक छ ?

विगत ५ सात वर्षदेखि नियमित रूपमा एजुकेशन फेयर आयोजना गर्दै आइरहँदा वान अपले कहिल्लै विद्यार्थी कलेक्सन गर्न भनेर फेयर गरेको छैन । हामीले विद्यार्थीको भविष्य निर्माण र उनीहरूलाई उच्च शिक्षा हासिल गर्न विदेश जान सहज होस, एकै छाना मुनी ABROAD STUDY का धेरै भन्दा धेरै जानकारी हासिल गर्न सकुन् भनेर फेयर आयोजना गर्दै आइरहेका छौँ । हामी विद्यार्थी बटुल्ने उद्देश्यले कहिल्लै फेयर आयोजना गर्दैनौँ । यस कारण पनि हामी अन्य फेयर आयोजक भन्दा फरक र विस्वासिलो छौँ ।

फेयरबाट विद्यार्थीले के-के फाइदा पाउँछन् ?

यो फेयरमा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालय, कलेजका बारेमा सम्बन्धित कलेज र विश्वविद्यालयका प्रतिनिधिबाट प्रत्यक्ष जानकारी पाउने छन् । एउटै छानामुनि दर्जनौँ विश्वविद्यालय र कलेजका विषयमा जानकारी लिन सकिन्छ । अस्ट्रेलियाको पढाई, पाठ्यक्रम, भिजा प्रक्रिया, लागत तथा नेपाली विद्यार्थीले पाउने स्कलरशिपको समेत जानकारी पाउने हुँदा एजुकेशन फेयर विद्यार्थीका लागि अत्यन्त उपयोगी छ ।

मेगा अष्ट्रेलियन एजुकेशन फेयरमा के कस्ता परामर्शदाता र कन्सल्टेन्सीहरुको सहभागिता छ ?

यो फेयरमा अस्ट्रेलियाका दर्जनौँ उत्कृष्ट विश्वविद्यालय, कलेज र तीनका नेपालका आधिकारिक परामर्शदाताहरूले विद्यार्थीलाई शैक्षिक परामर्श दिनेछन् । यसका साथै नेपाल सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सीहरु समेतले फेयरमा विद्यार्थीलाई सेवा दिने छन् ।

ब्रिटिस काउन्सिल प्रिजेन्टस रहेकाे फेयरमा इन एसोसिएसन विथमा एजुकेशन पार्क रहेको छ । फेयरको मुख्य प्रायोजकहरुमा हार्वर कलेज अस्ट्रेलिया, अस स्टडिज, एआइपी एजुकेशन कन्सल्टेन्सी, इ–प्लानेट एजुकेशन, काठमाण्डौं इन्फोसिस, ओली एण्ड एसोसिएटस, प्रोफेसनल एजुकेशन कन्सल्टेन्सी र क्विन्सफोर्ड कलेज अस्ट्रेलिया रहेका छन् ।

फेयरको प्रायोजकहरुमा डाइनामिक युनिभर्स, हब इन्टरनेशल, एक्सेस एजुकेशन नेटवर्क, एइ ग्लोबल, अल्फाविटा, बुमर्याङ इन्टरनेशनल, चिसम इन्ष्टिच्युट, एक्सपर्ट एजुकेशन, ग्रेस इन्टरनेशनल, मेट्स एजुकेशन, नोवेल एजुकेशन, पाथ फाइन्डर इन्टरनेशल एजुकेशन, पिक्सर एजुकेशन, द–नेक्स्ट, युनिक्याम्पस र वाइडरेन्ज इन्टरनेशनल रहेका छन् । फेयरको आइटी पार्टनरमा कम्युनिकेट मिडिया रहेको छ ।

फेयरमा विद्यार्थीले शैक्षिक परामर्शका अलावा अरू के-के जानकारी पाउँछन् ?

फेयरको मुख्य उद्देश्य भनेको अस्ट्रेलिया जान चाहिरहेका विद्यार्थीलाई सही परामर्श दिनु हो । त्यससँगै विद्यार्थीले अस्ट्रेलियामा के कस्ता विषय अध्ययन गर्न सकिन्छ ? नेपालमा अङ्ग्रेजी भाषाको कसरी तयारी गर्ने ? IELTS मा उच्च अङ्क कसरी प्राप्त गर्न सकिन्छ ? आफ्नो करियर कसरी राम्रो बनाउने भन्ने विषयमा दक्ष परामर्शदाताबाट सही परामर्श पाउनेछन् ।

उच्च शिक्षा हासिल गर्न विदेश जानै पर्छ भन्ने छ र ?

नेपालमै पनि उच्च शिक्षा हासिल गर्न नसकिने हैन । तथापि, अहिलेको २१ औँ शताब्दीमा विश्वसँग प्रतिस्पर्धा गर्नसक्ने शिक्षा चाहिन्छ । वर्तमान अवस्थामा नेपालमा त्यो शिक्षा प्राप्त गर्न केही असहज भएकोले प्लस टु गरेपछि उच्च शिक्षासँगै करियर निर्माणका लागि विदेश जान आवश्यक छ । त्यसमा पनि गुणस्तरीय शिक्षाका लागि अस्ट्रेलिया महत्त्वपूर्ण गन्तव्य हो ।

यो फेयरमा आउने विद्यार्थीका लागि के कस्ता सुविधा छन् र कति विद्यार्थी सहभागिता हुने अपेक्षा गरिएको छ ?

हामीले फेयरमा आउने विद्यार्थीलाई विशेष रूपमा विभिन्न आकर्षक गिफ्ट ह्याम्परको व्यवस्था गरेका छौँ । फेयरमा विद्यार्थी अभिभावकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दुई दिनसम्म चल्ने फेयरमा हामीले पाँच हजार बढी विद्यार्थीको सहभागिताको अपेक्षा गरेका छौँ । कतिपय विश्वविद्यालय र कलेजहरूले विद्यार्थीको शैक्षिक, आर्थिक क्षमता हेरेर विभिन्न स्कलरशीप समेत दिने भएकोले यो फेयर विद्यार्थीका लागि उपयोगी हुन्छ ।

अन्तमा फेयरमा आउने विद्यार्थीले के भन्नुहुन्छ ?

यो फेयरले ABROAD STUDY मा जान चाहने विद्यार्थीलाई सही गाईडेन्स गर्ने भएकोले सम्पूर्ण विद्यार्थी अभिभावक र शिक्षा प्रेमीहरूलार्इ अाउँदाे १६ र १७ गते फेयरमा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *