कोहलपुर नगरपालिकाका मेयर र उपमेयरद्धारा बृक्षारोपन गरी पदभार ग्रहण

“
बाँके (काेहलपुर), असार २८ । कोहलपुर नगरपालिकाका मेयर र उपमेयरले बृक्षारोपन गरी आज पदभार ग्रहण गर्नुभएको छ । कार्यालय ब्यवस्थापनमा ढिलाई हुदा रोकिएको पदरभार ग्रहण सपथ ग्रहणको ४ दिन पछि आज एक कार्यक्रमका बिच पदभार ग्रहण गरीएको हो ।
जनप्रतिनिधिहरुलाई नगरपालिकाको कार्यालय संचालन रहेको नगर विकास समितिको भवनमा ब्यवथापन गरीएको कार्यालयमै कार्यालय स्थापना गरीएको नगरपालिकाका कार्यकारी प्रमुख माधवप्रसाद शर्माले बताउनुभयो । कोहलपुर नगरपालिकाको नवनिर्वाचिन मेयर लुट बहादुर रावत तथा उपमेयर सन्जु कुमारी थारु लगायत १५ ओटै वडाका वडाअध्यक्षहरुको पहिलो बैठकले हरीत नगरको उपमा पाएको कोहलपुर नगरलाइ हरित नगरका रुपमा चिनाउनका बृक्षारोपनको काम गर्ने पहिलो निर्णय गरेको छ ।
कोहलपुर नगरक्षेत्र भित्रका खाली स्थान तथा राजमार्ग क्षेत्रमा बृक्षारोपन गर्ने निर्णय गरीएको हो । त्यस्तै स्थानिय निर्वाचनमा सहभागी सवै कोहलपुरबासी तथा निर्वाचन कार्यलयका कर्मचारी, सुरक्षा अधिकारी तथा सञ्चारकीर्मीहरुलाइ धन्यावाद ज्ञापन गरीएको छ । त्यसैगरी वडा अध्यक्षहरुको समन्वयमा कोहलपुर नगरका अशक्त बृद्धहरुलाइ बैंकसंग समन्वय गरी घरदैलोमै बृद्धभत्ता वितरण गर्ने निर्णय गरीएको छ ।
त्यस्तै फोहोरमैला व्यवस्थापन , पानी जमेका नगरका बाटामा ग्राभेल गर्ने, पानी जमेका क्षेत्रमा जेसभी लगाएर पानीको निकास दिने तथा जनप्रनिधि नभएका बेला कोहलपुर नगरपालिकामा सहभागी सवै दलका पाटी प्रनिनिधि तथा वडा नागरिक मञ्चका अध्यक्ष तथा सदस्यहरुलाइ ससममान गरी विदाइ गर्ने निर्ण गरीएको जनाइएको हो ।
“








