मन्त्रीको क्वाटर बनाउन पनि भारतकै सहयोग ?

काठमाडौं, चैत १२ ।

मन्त्री क्वाटर भारतको सहयोगमा
ललितपुरको पुल्चोकस्थित मन्त्रीहरूको क्वाटरका एउटै मोडलका १५ वटा भवन भारत सरकारको सहयोगमा २०२६ सालमा निर्माण भएको तथ्य फेला परेको नेपाल समाचारपत्र दैनिकले समाचार लेखेको छ। भवन निर्माण सम्भार डिभिजन प्रमुख अम्बादत्त जोशीले यसको पुष्टि गर्दै बाँकी ४ वटा भवन चाहिँ तत्कालिन सरकारले २०५२ सालमा बनाएको बताए।

सरकारसँग पर्याप्त मन्त्रीक्वार्टर नहुँदा मन्त्रीहरुलाई बासको निकै समस्या पर्ने गरेको छ। हरेक सरकार गठन भएपछि बन्ने मन्त्रीले कोठा खोज्नका लागि निकै सास्ती खेप्ने गरेका छन्। पुल्चोकमा अहिले १८ ओटा मन्त्रीक्वार्टर रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद् हाल २२ सदस्यीय छ ।

अहिलेसम्म १९ जना मन्त्रीले सरकारी क्वार्टर प्राप्त गरेका छन् भने बाँकी दुई जना मन्त्रीले क्वार्टर पाउन सकेका छैनन्।

क्वाटर अभाव भएपछि पाँच क्वाटर निर्माणका लागि टेन्डर आह्वान गरिएको समाचारमा उल्लेख छ ।

फर्जी फ्याकल्टी रोक्न अनिवार्य औंठा छाप

चिकित्सा शिक्षा अध्यापन गराइने मेडिकल कलेजमा फर्जी फ्याकल्टी (नक्कली विषयगत शिक्षक) सञ्चालनमा संस्थागत मिलेमतो देखिएपछि कारबाहीको दायरामा ल्याउन नेपाल मेडिकल काउन्सिलले विषयगत शिक्षकको औंठा छाप लिन थालेको छ ।

चिकित्सा शिक्षालाई गुणात्मक ढंगले अध्यापन गराउनुको साटो निजी मेडिकल कलेजले न्यून खर्चमा अध्यापन गराउन नक्कली शिक्षक राखेको पाइएपछि बायोमेट्रिक प्रणालीमार्फत औंठा छापसहितको रेकर्ड लिन थालिएको अन्नपूर्णले लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *