चट्याङ लागेर २२ जना सैनिक घाइते
२०७४ जेठ १५ गते

बैतडी, फागुन २ । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।
मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिएका छन् ।

उनले भने, “घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।” गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिएका छन् ।
बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका हुन् । सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते भएका पाँचजनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ ।
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








