प्रश्नपत्र बिना नै स्नातक तहको परीक्षा सञ्चालन
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)
![](https://www.makalukhabar.com/wp-content/uploads/2021/01/nophoto.png)
“
दुनै (डोल्पा), २८ असार । डोल्पामा स्नातक तह (दोस्रो वर्ष)को परीक्षा प्रश्नपत्र बिना नै सञ्चालन गरिएको छ ।
यही असार २३ देखि सुरु भएको बिएड दोस्रो तहको परीक्षामा प्रश्नपत्र नआएपछि परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट फ्याक्स मगाई परीक्षा सञ्चालन गरिएको डोल्पो क्याम्पसका प्रमुख धनञ्जय सुवेदीले जानकारी दिए ।
यही असार २३ मा पुग्नुपर्ने प्रश्नपत्र तथा प्रवेशपत्र २७ असारमा मात्र डोल्पामा पुगेकाले २३ गते र २६ गते सञ्चालन भएका परीक्षा फ्याक्समा आएको प्रश्नपत्रको फोटोकपी गरेर परीक्षार्थीका हातहातमा पु¥याएको क्याम्पस प्रमुख सुवेदीले बताउनुभयो । परीक्षार्थीको प्रवेशपत्रसमेत नआएकाले इमेलमा मगाई प्रवेशपत्र वितरण गरिएको समेत क्याम्पस प्रमुख सुवेदीले जानकारी दिए ।
स्तरोन्नतिका लागि डोल्पाको एकमात्र जुफाल विमानस्थल बन्द भएको तथा पैदलमार्गसमेत सुरक्षा र जोखिमका हिसाबले असहज भएकाले प्रश्नपत्र ल्याउन ढिलाइ भएकोे परीक्षा सञ्चालन गर्न जुम्ला बहुमुखी क्याम्पसबाट खटिएका केन्द्राध्यक्ष हरिशरण आचार्यले जानकारी दिए ।
परीक्षा नियन्त्रण कार्यालयले पठाएकोे प्रश्नपत्र मङ्गलबारदेखि हुने परीक्षामा परीक्षार्थीको हातहातमा पुग्ने केन्द्राध्यक्ष आचार्यले बताए ।
वर्षात्को समयमा खोलानाला बढेर बाटाघाटा अवरुद्ध भएकाले एकदमै कष्टपूर्ण यात्रा गरेर ज्यानको बाजी लगाउँदै जुम्लाबाट पैदलमार्ग भएर डोल्पा प्रश्नपत्र पु¥याएको आचार्यको भनाइ छ ।
कर्णालीको कालीकोटबाहेक जुम्ला, हुम्ला र मुगुमा समेत फ्याक्स मगाएर स्नातक दोस्रो तहको परीक्षा सञ्चालन गरिएको आचार्यले बताए । वास्तवमा दुर्गमको पीडा यो बाहेक अरु केही हुन नसक्ने उनको भनाइ छ ।
६१ वर्षीया आचार्य डोल्पामा स्नातक परीक्षा सञ्चालनका लागि सात पटक डोल्पा पुगिसक्नुभएको छ । यहाँको डोल्पो क्याम्पस र लिकु संयुक्त क्याम्पसमा स्नातक तहको पढाइ हुने गर्दछ । ्
“
![](https://www.makalukhabar.com/wp-content/uploads/2023/10/Final-icon-Logo-2023.png)