पढाइ छाडेर जागिर खान गएपछि २३ जनालाई छात्रवृत्ति

गोरखा, २८ असार । जिल्ला समन्वय समिति गोरखाले चेपाङ समुदायका २३ जना विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउन जिल्ला समन्वय समिति गोरखाले २३ जना विद्यार्थीलाई छात्रवृत्ति रकम उपलब्ध गराएको छ ।

उच्च शिक्षा पढ्दै आएका ९कक्षा ११ देखि माथि अध्ययनरत० चेपाङ समुदायका विद्यार्थीलाई पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले उक्त छात्रवृत्ति रकम प्रदान गरिएको हो ।

गोरखाको घ्याल्चोक, भुम्लिचोक, ताङ्लीचोक, मकैसिङ, ताक्लुङ गाउँका ती विद्यार्थीलाई जनही रु चार हजार १६६ का दरले छात्रवृत्ति रकम उपलब्ध गराइएको जिसस गोरखाका खरिदार रामप्रसाद पोखरेलले बताए । २४ जनाका लागि छात्रवृत्ति आएको भए पनि एक जना पढाइ छाडेर जागिर खान गएपछि २३ जनालाई छात्रवृत्ति दिइएको हो ।

चेपाङ विकास कार्यक्रममार्फत विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्न रु एक लाख बजेट आएको थियो । मकैसिङको विजया भवानी मावि, कुरिनटारको सर्वशान्ति मावि, भुम्लिचोकको भद्रकाली मावि र मजिरटारको शङ्खदेवी माविमा पढ्दै आएका विद्यार्थीलाई छात्रवृत्ति दिएको पोखरेलले जानकारी दिएका छन् ।

चेपाङलाई लोकसेवा तयारी कक्षा

यसैगरी चेपाङ युवायुवतीलाई लक्षित गरी लोक सेवा तयारी कक्षा सञ्चालन गरिएको पनि पोखरेलले बताए । गत असार ११ गतेदेखि २५ गतेसम्म सदरमुकाममा सञ्चालन गरिएको उक्त तयारी कक्षामा स्थानीय विकास अधिकारी नारायणप्रसाद आचार्य, तथ्याङ्क कार्यालय प्रमुख यज्ञमूर्ति भण्डारी, श्रेष्तेदार गोविन्दप्रसाद घिमिरेलगायतले प्रशिक्षण दिएका थिए ।

लोकसेवा तयारी कक्षाका लागि रु एक लाख ५० हजार बजेट आएको पनि पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *