सरुवाको लोभ देखाएर राजपाका नेताले यौन शोषण गरेको आरोप

काठमाडौँ, चैत १० । राष्ट्रिय जनता पार्टी(राजपा)का एक नेताले स्वास्थ्य क्षेत्रमा कार्यरत एकजना महिला कर्मचारीलाई सरुवा मिलाईदिने आश्वासन दिएर यौन शोषण गरेको ति महिलाले खुलासा गरेकी छन् । ति नेताले महिलासँग एक लाख ३७ हजार रुपैया समेत लिएको उनले आरोप लगाएकी छन् ।

धनुषाको बनिनियाँ हेल्थपोष्टमा कार्यरत ति महिला कर्मचारीले राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय सदस्य रमन सिंह विरुद्ध यौन शोषण गर्नुको साथै रकम समेत लिएको आरोपमा जिल्ला प्रशासन कार्यालयमा उजुरी दायर गरेकी छिन् । उनका अनुसार सिंहले आफूलाई राजपा नेपालका केन्द्रिय सदस्य र केयर सोसाइटीका अफ नेपालको अध्यक्ष भनि परिचय गराएका थिए ।

सिंहले आफ्नो सरुवा मिलाईदिने भनि काठमाडौं ल्याएको ती महिलाले उजुरीमा उल्लेख गरकी छन् । उनका अनुसार सिंहले राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको निवासमा तीन पटक लगेर भेट समेत गराएका थिए ।

महतोले सरुवा मिलाईदिने आश्वासन दिएको र एक महिना पछि आउनु भनेको ति महिलाले उल्लेख गरेकी छन् ।

उजुरीमा सरुवाको लालच दिएर नेता सिंहले काठमाडौको गौशालास्थित रोज स्टार लज भन्ने होटलमा पुस २५ गतेदेखि माघ चार गतेसम्म राखेको र सरुवाको लोभ देखाउँदै विभिन्न परिबन्धमा पारी पटक–पटक यौन शोषण गरेको उल्लेख छ । रमनले जनकपुर जाउँ भनेर बर्दिवासमा लगेर नबोबुद्ध होटलमा पनि राती राखेर यौन शोषण गरेको दाबी उनले गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *