ढुंगा हान्नेलाई फूलले स्वागत

“सामाजिक सञ्जालमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका ब्यक्तिहरुको अध्ययनबारे आएको टिप्पणीप्रति परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अत्यन्तै सटिक र सहज जवाफ दिएका छन् ।

अच्युत वाग्ले नामक ती व्यक्तिले ट्वीटर यस्तो पोष्ट गरेका छन्,

“नेपालको यो बिशेषता कारण छ्न । रास्ट्रपति IA फेल, प्रधानमन्त्री SLC फेल, उपराष्ट्रपति Test फेल र परराष्ट्रमन्त्री नौ कक्षा फेल तर तिनले नै सत्ता चलाउने देश बिरलै छन् । उनीहरुको पदको रवाफ र बुद्धिको सर्कस देखाउने ठाउँ उद्घाटन समारोह भन्दा अर्को छैन ।”

मन्त्री ज्ञवालीले अच्युत वाग्लेको ट्वीटलाई रिट्वीट गर्दै लेखेका छन्,

“धन्यवाद वाग्ले सर, मेरो पढाइबारे केही शव्द खर्चिनु भएकोमा । सुकरातले भनेका थिए रे, म एउटै कुरा जान्दछु, त्यो के हो भने म केही पनि जान्दिनँ । उनको यही भनाईले मलाई प्रेरित गरिरहन्छ र म सरहरुसँग सिकिरहन चाहन्छु, जिन्दगीभर ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *