चिनियाँ राष्ट्रपतिको आजीवन कार्यकाल चर्चामा : आजीवन तानासाह बन्न खोजेको आरोप

१० चैत, काठमाडौँ । हरेक दश वर्षमा परिवर्तन हुँदै आएको चिनियाँ नेतृत्वमा यस पटक भने नेतृत्वले चाहेसम्म रहन पाउने नयाँ व्यवस्था गरिएको छ । समर्थकले यसलाई इतिहासको आवश्यकता र राष्ट्रिय चाहनाको रूपमा अथ्र्याएका छन् भने आलोचकले प्रजातान्त्रिक मूल्य र मान्यता विपरीतको कदम भनेका छन् ।

यही मार्च ५ मा सम्पन्न चिनियाँ राष्ट्रिय जनकांग्रेसको अधिवेशनले राष्ट्रपतिको दुई कार्यकालको संवैधानिक प्रावधान खारेज गरी नयाँ व्यवस्था गरेको हो ।

चिनियाँ राष्ट्रिय एकता सम्वद्र्धनको रूपमा यसलाई व्याख्या गरिएको छ । आधुनिक, समृद्ध एवम् नयाँ व्यवस्थासहितको समाजवाद निर्माणका लागि यस्तो प्रावधान राखिएको चिनियाँ कम्युनिस्ट पार्टीले जनाएको छ ।

चिनियाँ सञ्चार माध्यमका अनुसार आधुनिक चीनको दीर्घकालीन लक्ष्य हासिल गर्न नेतृत्वले चालेको यो एउटा महत्त्वपूर्ण र विशिष्ट प्रस्ताव हो । चिनियाँ जानकारले चीनको नयाँ व्यवस्थालाई सी चिनफिङ विचारधाराको उच्चतम् कार्यदिशा समेत भनेका छन् ।

चिनियाँ जनकांग्रेसले गरेको यो निर्णयप्रति पश्चिमी सञ्चारमाध्यममा धेरै नकारात्मक टीकाटिप्पणी गरेका छन् । उनीहरूले चीनको आन्तरिक मामिलामा समेत दख्खल दिने खालका भनाइ सार्वजनिक गर्दै राष्ट्रपति सोलाई आजीवन तानासाह बन्न खोजेको आरोप लगाएका छन् । उनीहरूले चीन अब राजनीतिक सुधार र प्रजातान्त्रिक मूल्यभन्दा धेरै टाढा पुगेका तर्कसमेत गरेका छन् ।

तर चिनियाँ सरकारी अधिकारी तथा सञ्चार माध्यमले चीनले नयाँ प्रयोग गरेको र समुन्नतीका लागि चिनियाँ जनकंग्रेसको निर्णय वस्तुगत र व्यवहारिक रूपमा समेत महत्त्वपूर्ण रहेको बताएका छन् । उनीहरूले चीनको विषयमा अनावश्यक दख्खल नदिनसमेत पश्चिमा सञ्चारमाध्यमलाई आग्रह गरेका छन् ।

चिनियाँ राष्ट्रपति सिल राष्ट्रिय काँग्रेसलाई सम्बोधनगर्दै छ वटा महत्त्वपूर्ण विषयलाई विशेष महत्त्व दिनुभएको चिनियाँ सञ्चारमाध्यमले विशेष प्राथमिकताका साथ प्रचारप्रसार गरेका थिए । त्यसमा हङकङ, ताइवान, आन्तरिक मामिला, विश्व दृष्टिकोण, सैन्य क्षमता र सामाजिक तथा आर्थिक विकासका विषय समेटिएका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीले चेयरम्यानको रूपमा सम्बोधनगर्दै आएको माओ त्से तुङपछि सर्वशक्तिमान महासचिवका रूपमा राष्ट्रपति सिल ती विषयलाई विशेष प्राथमितकामा राख्नुभएको हो ।

चिनियाँ अखबार साउथ चाइने मर्निङ पोस्टमा प्रकाशित एक रिपोर्टकाअनुसार राष्ट्रपति सिल ताइवानको विषयमा आफ्नो प्रस्ट धारणा राख्नुभएको थियो । चिनियाँ समाचार संस्था सिन्ह्वाले भनेको छ ‘चीनको एक इन्च भूमि पनि गुम्न नदिने र आफ्नो सार्वभौमसत्ता र अखण्डतामा आँच पु¥याउने काम कोही कसैबाट भए त्यो आफूहरूलाई सह्य नहुने’ राष्ट्रपतिले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो ‘सरकार शान्तिपूर्णरुपमा ताइवानसँगको सम्बन्धलाई थप सुमधुर बनाउन चाहन्छ । आर्थिक सहयोग र सांस्कृतिक आदानप्रदानलाई विस्तार गर्न चाहन्छ । तर त्यसलाई अलगथलग गर्ने प्रयास कोही कसैबाट भए त्यसको सशक्त प्रतिकार गरिन्छ र सार्वभौमसत्ताको रक्षा गरेरै छोडिन्छ ।’

एक देश दुई प्रणाली रहेको हङकङको विषयमा समेत राष्ट्रपति सिल आफ्नो सम्बोधनका क्रममा विशेष उल्लेख गर्नुभयो । उहाँले हङकङका जनताको भावनालाई थप मजबुत गर्न र उनीहरूको राष्ट्रभक्तिको भावनालाई थप सबल बनाउन लागिपर्ने स्पष्ट पार्नुभएको थियो ।

यसैलाई चिनियाँ जनताले राष्ट्रवादी नेताको महान् प्रयास भन्दै सम्बोधन गरेको चिनियाँ राजनीतिक शास्त्रका प्राध्यापक ली यानको टिप्पणी छ ।

उहाँले अन्तरराष्ट्रियरुपमा भातृत्व, सहअस्तित्व तथा मैत्री सम्बन्धलाई पनि बढावा दिने विषयलाई आफ्नो सम्बोधनको महत्त्वपूर्ण विषयमा रूपमा समावेश गर्नुभएको थियो ।

‘शान्ति, विकास तथा मानवीय सहयोगका साथ चीनले विश्वभर नै आफ्नो विश्वास फैलाउनु जरुरी छ’ सिल विशेष जोडदिदै भन्नुभयो ‘गरिबी, अशान्ति र भोकमरीबाट पीडित भएका विश्वका धेरै देशलाई हामीले सेवा र सहयोग उपलब्ध गराउनुपर्दछ । यो हाम्रो विश्वव्यापी भूमिका हुनु जरुरी छ ।’

आन्तरिकरुपमा भ्रष्टाचारको नियन्त्रण र कम्युनिस्ट पार्टीलाई जनताको सेवकका रूपमा थप परिचित र विस्तार गर्नु जरुरी रहेको छ । भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशिलताको नीतिलाई थप कार्यान्वयन गर्दै ‘जनतामा जाऊ’ गरिबी, अभावलाई पूर्णरुपमा नियन्त्रण गर भन्ने मान्यतालाई आत्मसात् गरिनु आवश्यक छ’ राष्ट्रपति सिल विशेष जोडदिँदै भन्नुभएको छ ।

राष्ट्रपतिको यही आदर्शवादी भनाइ र गराइका कारण माओ त्से तुङपछि सर्वोच्च शक्तिशाली हुने अवसर प्राप्त भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूले आधुनिक चीनको एक सर्वश्रेष्ठ नायकका रूपमा सी को भूमिकालाई प्रशंसा गरेका छन् ।

सी जुन माइल साउथ चाइने मर्निङ पोस्टमा भन्नुभएको छ ‘सर्वश्रेष्ठ नेताका केही विशिष्ठता हुँदा रहेछन् । त्यसमा उसले गर्ने नेतृत्व र विचार राजनीतिक, आर्थिक तथा समाजलाई पनि डो¥याउँदोरहेछ । जुन क्षमता अहिले चीनले सोबाट पाएको छ ।’

‘कार्यकाल भनेको काम गर्ने समय हो । आधुनिक र समृद्ध चीन निर्माणका लागि सिल चाहे जति समय व्यतित गर्न’ अधिकांश चिनियाँ यसमा सहमत छन् ।

पछिल्लो पाँच वर्षमा चीनले गरेको गुणात्मक विकास र नयाँ मार्गदर्शनले विश्व शक्तिलाई एसियामा केन्द्रित गरिदिएको छ । चीनले देखेको सपना पूरागर्ने र महाशक्तिको उसको यात्रामा सिको नेतृत्व अपरिहार्य रहेको विषयलाई समेत स्थापित गरिदिएको छ । ओबर परियोजनामार्फत विश्वलाई जोड्ने महान् यात्रादेखि भ्रष्टाचार विरुद्धको कारबाहीले सोलाई जनता माझ थप लोकप्रिय बनाइदिएको छ । जुन लोकप्रियतालाई जनकङ्ग्रेलिे अनुमोदन गरेको हो ।

यस्तै चिनियाँ सशस्त्र फौजको शसक्तिकरणलाई पनि विशेष जोड दिइएको छ । नयाँ युगको आधुनिक एवम् विशिष्ठकृत सैन्य बल बनाउने लक्ष्यलाई साकार रुपदिँदै विज्ञान तथा प्रविधिले सुसज्जित बनाउने योजना कार्यान्वयन गर्ने नीति चीनले लिएको छ ।

राष्ट्रपति सिल सेनालाई आधुनिककरण गर्ने विषयलाई समेत आफ्नो महत्त्वपूर्ण कार्यभारको रूपमा चर्चा गर्दै विश्वलाई नै नेतृत्व दिनसमेत तयार हुनुपर्ने विषय समेट्नु भएको छ ।

चीनमा भएको संविधान संशोधन र रुसमा पुटिनको राष्ट्रपतिमा पुनःविजयलाई पश्चिमाहरूले अस्वाभाविक घटनाको रूपमा पनि चित्रण गरेका छन् ।

चीनमा वर्तमान राष्ट्रपति सी र रुसमा राष्ट्रपति भ्लादिमिर पुटिन अझ बढी बलियो र जनताको प्रिय हुनुको पछाडि अमेरिकाले नेतृत्व गरिरहेको भनिएको पश्चिमा शक्तिको व्यवहारले पनि काम गरेको छ । धेरैले शीतयुद्धको अन्त्यपछि विश्वभर नै अमन चयनको आसमा बसेकालाई अमेरिका र पश्चिमाले गरेको व्यवहार पनि सही साध्य विषय बनेको छैन ।

मानवअधिकारको नाममा होस् वा अन्य कुनै न कुनै वाहानामा भएका आक्रमणको कुनै पनि नैतिक मूल्य पश्चिमाले चुक्ता गर्न नसकेको सन्दर्भमा चिनियाँ राष्ट्रपतिको नयाँ यात्रा उनीहरूका लागि नितान्त फरक विषय हुन जान्छ ।

चिनियाँ राष्ट्रपति सिल संविधान संशोधन पश्चात् आफूलाई मनलाग्दा सम्म राष्ट्रपति रहन पाउने निर्णय गर्नुको पछाडि पनि पश्चिमाको चीनलाई कमजोर बनाउने रणनीतिले काम गरेको छ । चीन विश्व शक्ति बन्दै गरेको अवस्थामा पश्चिमाका लागि त्यो नै सबैभन्दा बढी टाउको दुखाइको विषय बनेको छ ।

तत्कालीन चिनियाँ नेताहरू जियाङ जमिन र हु जिन्ताओले आआफ्नो कार्यकालमा चीनलाई एउटा सशक्त राष्ट्र बनाउने दिशामा कयौँ कदम चाल्नुभएको थियो । हुको कार्यकालपछि राष्ट्रपति हुनुभएका सिल बदलिँदो विश्व राजनीतलाई मध्यनजर गर्दै देशलाई अझ बढी सशक्त र एकीकृत बनाउनेतर्फ नै आफ्नो कदम चालेको देखिन्छ ।

चिनियाँ नेताहरूको एकमुष्ट भनाइ छ ‘नेतृत्व कमजोर भयो भने हामीले हाम्रो यात्रामा धेरै कठिनाइ भोग्नुपर्ने हुनसक्छ । त्यस कारण बलियो नेतृत्वको वरिपरि गोलबन्द भएर आगामी यात्रा तयगर्नु नै हाम्रा लागि श्रेयस्कर छ । किनकि हामीले सोभियत समाजवादको पतनलाई नजिकबाट देखेका छौँ ।’ चिनियाँ जनताले राष्ट्रिय एकताका लागि सिको नेतृत्वमा एकतावद्ध भएर अगाडि बढ्ने निर्णयलाई स्वागत गरेका छन् । उनीहरू चाहन्छन् ‘हामी बलिया नेताको आदेशलाई शिरोपर गर्न तयार छौँ । हामी सबैलाई सबल बनाउने अभियानमा पनि छौँ ।’ विभिन्न समाचार एजेन्सीको सहयोगमा,रमेश लम्साल (रासस)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *