त्रिकोणात्मक प्रेमको भेट ‘तिमीसँग’ (फोटो फिचर)

भरतपुुर, चैत १० । नेपाली कथानक चलचित्र ‘तिमीसँग’ यही चैत २३ गतेबाट प्रदर्शनमा आउने भएको छ । त्रिकोणात्मक प्रेमको भेट भनिएको यस चलचित्रको निर्देशकसहितको कलाकारको टोली यतिबेला प्रचारप्रसार गर्न देश दौडाहामा हिँडिरहेको छ । शनिबार नारायणगढ आइपुगेको चलचित्र ‘तिमीसँग’को टोलीले पत्रकार सम्मेलन गरी चलचित्रको प्रचारप्रसारको लागि देश दौडाहामा निस्केको जानकारी दियो ।

पछिल्लो समय चर्चित बनेकी नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित चलचित्र ‘तिमीसँग’ लामो समयको पखाईपछि दर्शकसामु आउन लागेको हो । यसअघि भदौ १६ गते प्रदर्शनमा आउने भनिएको चलचित्र विविध कारणले गर्दा प्रदर्शनमा आउन ढिला भएको चलचित्रका निर्माता तथा निर्देशक शिशिर राणाले जानकारी दिए ।

‘ढिलो होस् राम्रै होस् भनिन्छ, राम्रो हुनको लागि केही ढिला भएको होला’ निर्देशक राणाले भने । त्रिकोणात्मक प्रेममा आधारित बनेको यस चलचित्रमा साम्रागीलाई कुन नायकले कसरी पाउँछ त्यो थाहा पाउन दर्शकहरुले फिल्म हेर्नैपर्ने निर्देशक राणाको भनाइ थियो ।

नायिका साम्रागी राज्यलक्ष्मी शाहद्वारा अभिनित अर्काे फिल्म ‘ए मेरो हजुर २’ भाद्र १६ गते प्रदर्शनमा आउने भएपछि ‘तिमीसँग’को रिलिज मिति सर्दासर्दै चैत २३ पुगेको हो । सुन्दरी नायिकाको उपनाम पाएकी शाहद्वारा अभिनित यस चलचित्रको लेखक निर्देशक राणा नै हुन् ।

‘साम्रागीलगायत अरु चर्चित ७ सेलिब्रेटीहरुले यस चलचित्रमा अभिनय गरेका छन्’ निर्देशक राणाले पत्रकार सम्मेलनमा भने, ‘ती कलाकार कोको हुन् भनेर अहिले भन्न नमिल्ने, त्यसको लागि दर्शक चैत २३ गतेपछि हलसम्म पुग्नैपर्छ ।’

‘तिमीसँग’ साम्राज्ञी अभिनित तेस्रो चलचित्र हो । साम्रगीले यसअघि ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ मा नायिकाको भूमिका निर्वाह गरिसकेकी छन् । ‘ए मेरो हजुर २’ सफल चलचित्र हो । चलचित्र ‘तिमीसँग’लाई दर्शकले कति रुचाउलान् चैत २३ गतेपछि थाहा हुन्छ ।

‘मलगायत चलचित्र ‘तिमीसँग’को टिमले निकै मिहिनेत गरेको छ, अनुभवी निर्देशकबाट काम गर्न पाएँ । आशा छ, फिल्मलाई दर्शकले मनपराइदिनुहुन्छ’ नायिका साम्रागीले भनिन् । साम्रागीसँगै नायकद्वय आकाश श्रेष्ठ र नाजिर हुसेनको फिल्ममा मुख्य भूमिका छ । आकाश, नाजिर र साम्रागीबीच नै फिल्म घुमेको छ ।

अभिनेतासमेत रहेका शिशिर राणा यही फिल्मबाट निर्देशनमा डेब्यु गर्दैछन् । उनले फिल्म निर्माणमा एक करोडभन्दा माथि लगानी भइसकेको बताए । अन्नपूर्ण बेस क्याम्पमा सेरोफेरोमा गएर यस फिल्मको सुटिङ गरिएको थियो ।

फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ । नेपालको काठमाडौँ, पोखरा, घान्दु्रकका रमणीय दृष्यहरुले भरिएको यस चलचित्रको ‘लडें लडें समाऊ मलाई’ भन्ने गीत चर्चित भइसकेको छ ।

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *