पर्दा पछाडिको म (कविता)

 

 

 

 

 

 

मेरो अगाडि ठूलो प्रश्न चिन्ह थियो ।
त्यसैले जान्नु थियो, म को हुँ भनेर !
र त भौतारिरहेथेँ, गल्ली गल्ली अस्तित्व खोज्दै ।
एउटा ठूलो मेचमा पुगेछु,
त्यस्तै मेच, जहाँ मैले गुजारेथेँ,
एउटा लामो कालखण्ड ।
त्यसमा थियो,
हजुरबुबाको गाली, हजुरमाको आशीर्वाद
बुबाको प्यार, अनि आमाको सद्भाव ।
सबै दिन्थ्यो त्यो मेचले मलाई ।
यो मेच त्यही जस्तो थिएन,
तर गोलो पक्कै थियो,
जहाँ भोकाएका अतितहरू
आफ्नो आहाराको पर्खाइमा थिए ।

त्यही भीडको कुना पट्टि
म आफूलाइ खोज्दै थिएँ ।
सायद, म अनि त्यो मेचको दूरी नजिकै थियो क्यारे,
म देख्न अनि सुन्न सक्थेँ तिनीहरुलाइ,
तिनीहरु पनि छट्टपटिरेका हुँदाहुन्,
आहाराको आशमा मनमा कयौँ फूल फुलाउँदा हुन्।
सायद त्योसम्मेलन हुँदो हो, पालैपालो भाषण गरिरहे जस्तो लाग्थ्यो ।
भाषा फरक थियो कि त ? अनि ताली तथा हाँसो उडिरहेजस्तो लाग्थ्यो ।

उनीहरुले गिज्याइरहेको म बुझ्थेँ ।
सोच्थेँ,“कतै म पनि यही भीडको सदस्य त होइन ?”
खै जवाफ नै थिएन म सँग ।
बिज्ञानको सागर पल्टाएर खोजेँ,
ज्ञानको पत्र उल्टाएर हेरेँ,
मेरो बंशको नीति कोल्टाएर हेरेँ,
साथीहरुलाइ सोधेँ,
जवाफ एउटै थियो, “तँ त्यही भीडमा छट्पटाउनेहरु मध्ये होस्।” “म किन छट्पटाउनु ?” सोधेँ,
तर जवाफ कतैबाट आएन ।
आयो त केबल,
“फर्क फर्क”
हेर्न खोजेँ, सकिरहेको थिइनँ ।
फेरी उही आवाज,
मन त्रसित हुँदै गयो ।
लाग्थ्यो, भागी हालूँ, सकिनँ ।
प्रयास गरेँ फेरी पनि, तर सकिनँ ।
काप्दै गरेका खुट्टाका चाल म बुझ्थेँ ।
र अठोट गरेँ, सफल भएँ ।
ओहो ! बिहानी पो भएछ ।
भागेछु त आफ्नै खाटबाट
ड्याम्म आवाज, दुखेको ढाड,
अनि बुभेँ,
ऐठन पो रहेछ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *