सिरहामा १० प्रतिशत रोपाइँ

लहान, २८ असार । असार महिना बित्न लाग्दासमेत सिरहामा हालसम्म करिब १० प्रतिशत मात्र धान रोपाइँ भएको छ ।

जिल्लाको कतिपय स्थानमा अत्यधिक वर्षा त कतिपय स्थानमा वर्षा नै नभएकाले करिब ९० प्रतिशत खेतीयोग्य जग्गामा रोपाइँ हुन सकेको छैन । यस वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र एकनासले जिल्लाचरी वर्षा नभएका कारण अत्यन्तै कम रोपाइँ हुन सकेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामचन्द्र यादवले जानकारी दिए ।

“वर्षा भएका स्थानका किसान धमाधम रोपाइँ गरिरहेका छन्, नभएको स्थानमा मोटर तथा अन्य बैकल्पिक सिँचाइको व्यवस्था मिलाएर रोपाइँ गरिरहेका छन्,” उनले भने ।

यस्तै कृषि मजदुरको आभावमा समेत धान रोपाइँ प्रभावित भएको छ । सिरहामा भदैया, चैते र वर्षे धान उत्पादन हुँदै आएको छ । जिल्लामा कुल कृषियोग्य क्षेत्रफल ७३ हजार ९१३ हेक्टर मध्ये ६० हजार ७५७ हेक्टरमा धानखेती हुँदै आएको छ । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *