काठमाडौंमा मेगा अस्ट्रेलियन एजुकेशन फेयर हुँदै

चैत्र ८, काठमाडौं । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने विद्यार्थीलाई शैक्षिक परामर्श दिने उद्देश्यले मेगा अस्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । चैत्र १६ गते शुक्रबार देखि शुरु हुने फेयर १७ गतेसम्म (मार्च ३०–३१) हुन लागेको हो ।

वान अप प्रा.लि.को आयोजनामा अन्नपुर्ण होटलमा हुन गईरहेको मेगा अस्ट्रेलियन एजुकेशन फेयरमा अस्ट्रेलियाका विभिन्न विश्वविद्यालय र कलेजका प्रतिनिधिहरुबाट विद्यार्थीले प्रत्यक्ष शैक्षिक परामर्श लिन पाउने छन् ।

मेगा एजुकेशन फेयरमा विद्यार्थीलाई करियर काउन्सेलिङको सुविधाका साथै अस्ट्रेलियाको शैक्षिक अवस्था, विश्वविद्यालय र कलेजका विस्तृत जानकारी दिईने आयोजक वान अपका मेनेजर भोला पोखरेलले बताए । ‘प्लसटुको परीक्षा दिएका तथा ब्याचलर मास्टर्स गर्न अस्ट्रेलिया जाने सोच बनाएका विद्यार्थीलाई परामर्श दिन एजुकेशन फेयर आयोजना गरिएको हो ।’ उनले भने ।

ब्रिटिस काउन्सील प्रस्तुतकर्ता रहेको फेयरमा विद्यार्थीले अस्ट्रेलियाका उत्कृष्ठ कलेज तथा त्यहाँको शैक्षिक, आर्थिक प्रणालीका बारेमा विस्तृत रुपमा जानकारी पाउने बताईएको छ । फेयरमा आउने विद्यार्थीलाई विभिन्न छात्रबृत्तिको अवसर तथा दक्ष तथा मान्यता प्राप्त शैक्षिक परामर्शदाताहरुबाट परामर्शको सुविधा दिईएको छ ।

फेयरमा नेपालका उत्कृष्ठ कन्सल्टेन्सीहरुले सहभागीता जनाउने छन् । फेयरमा शुरुमा आउने १ हजार विद्यार्थीलाई विभिन्न आकर्षक पुरस्कारको समेत ब्यवस्था गरिएको छ । फेयरमा विद्यार्थी अभिभावकले निःशुल्क प्रवेश गर्न पाउनेछन् ।

एजुकेशन फेयरको इन एशोसिएशन विथमा एजुकेशन पार्क रहेको छ । फेयरको मुख्य प्रायोजकहरुमा हार्वर कलेज अस्ट्रेलिया, अस स्टडीज, एआइपी एजुकेशन कन्सल्टेन्सी, इ–प्लानेट एजुकेशन छन् । त्यसैगरी अन्य मुख्य प्रायोजकमा काठमाडौं इन्फोसिस, ओली एण्ड एशोसिएटस, प्रोफेसनल एजुकेशनल र क्विन्सफोर्ड कलेज अस्ट्रेलिया रहेका छन् ।

मेगा फेयरको प्रायोजकहरुमा डाइनामिक युनिभर्स, हब इन्टरनेशल, एक्सेस एजुकेशन नेटवर्क, एइ ग्लोवल, अल्फाविटा, बुमर्याङ इन्टरनेशनल, चिसोम्स इन्ष्टिच्युट, एक्सपर्ट एजुकेशन, ग्रेस इन्टरनेशनल, मेट्स एजुकेशन, नोवेल एजुकेशन, पाथ फाइन्डर एजुकेशन, पिक्सर एजुकेशन, द–नेक्ट, युनिक्याम्पस र वाइड रेन्ज इन्टरनेशनल रहेका छन् । फेयरको आइटी पार्टनरमा कम्युनिकेट मिडिया रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *