लागुऔषसहित विराटनगरका अमित साह पक्राउ

काठमाडौँ, चैत ८ । ठूलो परिमाणको लागुऔषध सहित विराटनगरका २५ वर्षीय अमितकुमार साह पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले उनलाई आज पक्राउ गरेका हुन् ।

प्रभागबाट खटिएको टोलीले बिहान विराटगरबाट काठमाडौँ आउँदै गरेको ना७ख ६३४२ नंको यात्रुवाहक बस चेकजाँच गर्दा उनी लागुऔषध सहित पक्राउ परेका हुन् ।

प्रभागका प्रमुख केशवराज भट्टले साहबाट ५०० एम्पुल नुर्फिन, ५०० एम्पुल फेनार्गन, ५०० एम्पुल डाइजेल्याव र २८० ट्याब्लेट नाइट्राजेपाम वरामद गरेको जानकारी दिए । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको प्रभागले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *