मुख्य न्यायधिवक्तामा सुर्यचन्द्र न्यौपाने

हेटौँडा, चैत ८ । प्रदेश नं. तीन सरकारको नवनियुक्त मुख्य न्यायधिवक्ता सुर्यचन्द्र न्यौपानेले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । पाटन उच्च अदालतका मुख्य न्यायाधीश प्रकाश ढुंगानाले आज हेटौँडाको एक कार्यक्रममा शपथ गराएका हुन् ।

सो शपथ ग्रहण समारोहमा प्रदेश नं ३ प्रमुख अनुराधा कोइराला, मुख्यमन्त्री डोरमणि पौडेल र सभामुख सानुकुमार श्रेष्ठ सहभागी थिए ।

मुख्यमन्त्री पौडेलले ६८ वर्षीय कानून व्यवसायी सूर्यचन्द्र न्यौपानेलाई गत फागुन २३ गते प्रदेश सभाको मुख्य न्यायधिवक्तामा नियुक्ति गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मीराज पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *