सभापति देउवाविरुद्ध पौडेलको गतिशिल अभियान

काठमाडौं, असार २८ । सत्तारुढ दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध घुडा धसेर लागि परेका छन् । स्थानीय तहको दुवै चरणको मतपरिणाममा पार्टी नराम्रोसँग पछारिन पुगेको निष्कर्ष निकाल्दै पौडेलले अब यसरी पार्टीले प्रगति नगर्ने बताए ।

हिजो ललितपुरमा आयोजना गरिएको स्थानीय तह चुनावी प्रगति समिक्षा के कस्तो भयो भन्ने विषयमा बहस चलेको थियो । यससँगै पौडेल पक्षधरले जिल्लाका सबै तहमा यसबारे छलफल चलाउँदै छ । ललितपुरको भेलामा जिल्लाका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य सहितका अगुवा नेताहरु सहभागी भएका थिए ।

अहिलेको स्थानीय तहको मतपरिणामको नतिजाअनुसार कांग्रेस एमालेभन्दा सोह्र स्थानले पछाडी  छ भने माओवादी केन्द्र पुच्छरतिर देखिन्छ ।

उक्त भेलालाई काँग्रेस वरिष्ठ नेता पौडेल र प्रकाशमान सिंहले सम्बोधन गरेका थिए । भेलामा अब एमालेले कांग्रेसलाई पछि पार्ने भएको बताउँदै उनीहरुले बेलैमा सबैले सोचविचार गर्नुपर्ने जोड दिएका थिए ।

नेपाली कांग्रेसका एक जना नेताले बताएअनुसार पौडेले यस्तो अभिया चलाउनुको कारण पार्टीमा देउवाले आफूखुसी गर्ने र त्यसै अनुरुप चुनावी मत परिणाम आएको भन्दै यो अभियान सञ्चालन भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *