सुन्धाराको सालिमार होटलमा आगलागी, निभाउने प्रयास जारी

काठमाडौँ, चैत ७ । राजधानकिो सुन्धारामा रहेको सालिमार होटलमा बुधबार साँझ आगलागी भएको छ । होटलको अन्डरग्राउन्डबाट आगलागी भएको प्रहरीले जनाएको छ । अन्डरग्राउण्डमा रहेको जेनेरेटर पड्किएर आगलागी भएको बताइएको छ ।

अहिले आगलागी नियन्त्रणमा लिने प्रयास भैरहेको छ । आगलागीबाट भएको क्षतिबारे विस्तृत विवरण आइसकेको छैन ।

उक्त भवनमा मिठाई पसल पनि रहेको छ । अहिले आगो निभाउन दमकलसहित सुरक्षाकर्मी र स्थानीयवासी खटिरहेका छन् । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित जुद्ध वारुण यन्त्रका दमकल परिचालन गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *