प्रेस स्वतन्त्रतामाथि सरकारले हस्तक्षेप नगर्नेः सञ्चार राज्यमन्त्री बाँस्कोटा

काठमाडौँ, चैत ७ । नेपाल पत्रकार महासंघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्छ भन्ने कुनै शंका नराख्न आग्रह गरेका छन् ।

उनले सकारले संविधानको मौलिक हकमा रहेको प्रेस स्वतन्त्रतालाई अक्षुर्ण राख्न नयाँ सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक समयअनुसार बढाउँदै तोकिएको पारिश्रमिक कार्यान्वयन गर्न सरकार र सञ्चार गृह उत्तिकै जिम्मेवार हुनुपर्ने राज्यमन्त्री बाँस्कोटाको भनाइ छ ।

“अबको दशक नवनिर्माणको दशक हो, अधिकार प्राप्तिको आन्दोलन समाप्त भएको छ, प्राप्त अधिकारलाई संस्थागत गर्दै नवनिर्माणको यात्रामा हातेमालो गर्दै अगाडि बढ्न आग्रह गर्दछु”–राज्यमन्त्री बाँस्कोटाले भने ।

नकारात्मक मात्रै समाचार सम्प्रेषण नगर्न आमसञ्चार माध्यमलाई आग्रह गर्दै राज्यमन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रमा गर्नुपर्ने सुधारका लागि लिखित सुझाव दिन सम्बन्धित संघ/संस्थालाई आग्रह गरे ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले राष्ट्रिय आमसञ्चार नीति कार्यान्वयन र पत्रकारको न्यूनतम पारिश्रमिक लागू गराई पत्रकारिताको गुणात्मक विकासमा नयाँ सरकारले कदम चाल्ने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *