सात महिनामा २ लाख २३ हजार युवा विदेसिए, यि हुन् सबैभन्दा धेरै युवा पठाउने म्यानपावर

काठमाडौं, चैत ७ । चालू आर्थिक वर्ष २०७४/०७५ को ७ महिनामा २ लाख २३ हजार १८ जना युवा कामको खोजीमा संस्थागत रुपमा (म्यानपावर कम्पनी मार्फत) विदेसिएका छन् । चालु आवको साउन देखि फागुन सम्ममा उक्त संख्याका युवाहरु कामको खोजीमा संस्थागत रुपमा विदेसिएका हुन् ।

वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार २ लाख १० हजार ६१ जना पुरुष र १२ हजार ९ सय ५७ जना महिला कामको खोजीमा संस्थागत रुपमा वैधानिक ढंगले वैदेशिक रोजगारीमा गएका छन् ।

त्यस्तै वैदेशिक रोजगार विभागबाट व्यक्तिगत श्रम स्वीकृति लिएर समेत कामदारहरु वैदेशिक रोजगारीमा जाने गर्दछन् । व्यक्तिगत रुपमा भने नयाँ, पुनः श्रम स्वकृति र वैधानीकरण गरी तीन प्रकारको श्रम स्वीकृति विभागले प्रदान गर्ने गर्दछ ।

उक्त अवधिमा रिभर ओभरसिज प्रालिले सबैभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाएको छ । रिभरले ३ हजार ५ सय ८८ जना पुरुष र ४ सय ५७ महिला गरी ४ हजार ४५ जना कामदारहरूलाई वैदेशिक रोजगारीमा पठाएको हो ।

उक्त अवधिमा कोशी इन्टरनेशनल सर्भिस प्रालिले भने ३ हजार ७ सय ५१ जना कामदार वैदेशिक रोजगारीमा पठाएको छ । त्यस्तै इन्टरनेशनल म्यानपावर रिकु्रटमेन्ट प्रालिले ३ हजार ४ सय १९ जना कामदार पठाएको छ । एसओएस म्यानपावर सर्भिस प्रालिले ३ हजार ४ सय ४ जना कामदार वैदेशिक रोजगारीमा पठाई धेरै कामदार पठाउने सूचिमा चौथो स्थानमा परेको छ ।

साउन्डलाइन्स रिक्रुटमेन्ट प्रालिले १ हजार ८ सय ७५ कामदार पठाएको छ भने मास ह्युमन रिर्सोस प्रालिले १ हजार ८ सय २२ कामदार पठाएको छ । त्यस्तै ट्रष्ट नेपाल ओभरसिज प्रालिले १ हजार ७ सय ५२ कामदार पठाएको छ भने सान नेपाल प्रालिले १ हजार ७ सय ४४ जना कामदार चालु आवको हालसम्म वैदेशिक रोजगारीमा पठाएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अवैधानीक तवरबाट पनि वैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या उच्च रहने गरेको पाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *