स्टेज कार्यक्रम प्रति रुष्ट हुँदै गायिका आस्था राउतले लेखिन यस्तो स्टाटस :

“काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रमा छोटो समयमा लोभलाग्दो सफलता हाँसिल गरेकी आस्था राउत स्टेज कार्यक्रममा रुचाइएकी गायिका हुन् । ‘सालको पात टपरी गाँसेरुको रिमिक्स गाएपछि चर्चामा आएकी उनका ‘चौबन्दीमा पटुकीु, ‘झुम्के बुलाकीुजस्ता गीत चर्चित छन् ।

फरक स्वरकी धनी अास्था अहिले महोत्सवहरूमा प्राथमिकतामा पर्ने कलाकार र प्रस्तुतिप्रति रुष्ट छिन् । उनले सामाजिक सञ्जालमा छाडा विकृति फैलाउन मद्दत गर्दै महोत्सव गर्ने वालाहरु कटाक्ष गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेख्छिन् ‘कि त यस्तो प्रवित्ति रोक्नुपर्ने कि त १८ वर्ष मुनिकाले हेर्न नमिल्ने लागु गर्नुपर्छ’ उनले लेखेकी छिन् ‘कति स्वरका धनी चेलीहरू घर मै बस्नु पर्‍या छ,अश्लील कुराहरू र नाङ्गो नाच गर्नेहरु महोत्सवहरुमा बिक्या छ ।’ ‘समाजमा विकृति फैलाउन मद्दत गर्दै महोत्सव वालाहरु’

 

उनले यो सन्देश समाजमा विकृति फैलन मद्दत गर्दै महोत्सव गर्नेहरूका नाममा लेखेकी हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *