प्रहरी ‘जवान’ मेसमा गृहमन्त्रीको भान्छा, होला विभेद अन्त्य ?

काठमाडौँ, चैत ७ । प्रहरीको राशनमा विभेद रहेको चर्चा चलिरहेकै बेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले बुधबार ‘छापामार शैली’मा प्रहरीको मेसमा पुगेर खाना खाएका छन् । बिहान सवा १० बजे महानगरीय प्रहरी वृत्त, अनामनगरमा आकस्मिक रुपमा निरीक्षण गर्न पुगेका गृहमन्त्री ‘बादल’ले आज प्रहरीको मेसमा बसेर जवानहरुसँगै खाना खाएका हुन् ।

बिना सूचना गृहमन्त्री प्रहरीको मेसमा प्रवेश गरेपछि प्रहरी अधिकारीहरु झस्केका छन् ।

गृहमन्त्री बादलले वृत्तको उजुरी शाखा, महिला शाखा, ब्यारेक, कैदी कक्ष, भण्डार कक्ष लगायतको निरीक्षण गरेका थिए । सबै निरीक्षण सकेपछि उनले मेशको पनि निरीक्षण गर्ने भन्दै वृत्तको मेशतर्फ लागे । त्यहाँ प्रहरी हवल्दार कृष्णप्रसाद ओली, खड्क बहादुर थापा, प्रहरी जनाव चन्द्र देवकोटा लगायत खाना खाँदै थिए । गृहमन्त्री आएपछि उनीहरु हतारहतार उठे । तर, थापाले बसेर खाना खान आग्रह गरे । सो लगत्तै भान्सामा पुगेर ‘हामीलाई पनि यही खाना खान्छौं, पुग्छ ’ भने प्रश्न गरे ।

उनको प्रश्नबाट अकमकिएकाहरुले सुरुमा त विश्वास मानेनन्न् । वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) कपिल बोहोराले पुग्छ हजुर भनेर जवाफ दिए । ‘त्यसो भए हामीलाई पनि खाना ल्याउनुहोस् ’ भन्दै गृहमन्त्री बादल पहिले खाना खाईरहेको प्रहरीहरुसँग साथै बसे ।

उनको साथमा प्रहरी जनाव चन्द्र देवकोटा, प्रहरी हवल्दार कृष्णप्रसाद ओली, हवल्दार खड्क बहादुर थापा र अर्का एक प्रहरी जवानले साथै खान खाए । गृहमन्त्रीको स्वकिय सचिवालयका सदस्य र प्रहरी वृत्तका प्रमुख अपिल बोहराले पनि साथै खाना खाए । दाल, भात, आलु र गोभीको तरकारी, साग र आलुका अचार खानमा पाकेको थियो । गृहमन्त्री आउने जानकार नभएरै खानामा मासु पाकेको थिएन । गृहमन्त्री आउने जानकारी नपाएकै कारण वृत्तको प्रहरीले सलामी समेत अर्पण गर्न पाएनन् ।

सो लगत्तै वृत्तका प्रहरीहरुलाई निर्देशन दिँदै उनले जनताको जिउ, धनको सुरक्षाका लागि दत्त चित्त भएर लाग्न आग्रह गरे । सुरक्षा निकायका अन्य अंग भन्दा नेपाल प्रहरीको रासनमा विभद रहेकोबारे आफु जानकार रहेको भन्दै गृहमन्त्री बादलले त्यो असमानता हटाउन आफुले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *