काठमाडौँको देवीनगरमा एक युवकको हत्या, संलग्न तीन जना पक्राउ

काठमाडौँ, चैत ७ । काठमाडौँको देवीनगरमा २१ वर्षीय पुरुषोतम सेढाइको हत्या भएको छ । सर्लाही घर भएका उनी हाल काठमाडौँको देवीनगरमा बस्दै आएका थिए । मंगलबार राति सामान्य विवादमा आई हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका वडानम्बर १० देवीनगरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रोहित चौधरी, अशोक लिम्बु र सन्जिव राई रहेका छन् । हत्याको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *