मधेसवादी दल गले, भोटिङमा जाँदै नजाने

काठमाडौं, असार २८ । आफ्नो अडान कुनै पनि हालतमा नछाड्ने बताउँदै आएका मधेसवादी दलहरु अन्त्यमा गल्न पुगेका छन् । संसदमा दुई तिहाई बहुमत नपुग्ने भएपछि सरकारले संविधान संशोधन विधेयक अघि नबढाउने निष्कर्षमा पुगेको छ ।
सरकारले सक्दो प्रयास गरेपनि स्थानीय तह तेस्रो चरणको चुनावअघि कुनै पनि हालतमा आफूले संशोधनका लागि दुई तिहाई मत जुटाउन नसकेपछि राजपाका नेताहरुले उक्त विधेयक थाती राख्न सुझाव दिएको छ । प्रतिपक्ष दल एमालेले त पहिलेदेखि नै सरकारले ल्याएको प्रस्तावविरुद्ध संसद अवरुद्ध गर्दै आएको प्रतिपक्ष दल एमालेले त पहिलेदेखि नै सरकारले ल्याएको प्रस्तावविरुद्ध संसद अवरुद्ध गर्दै आएको छ । भने सरकारलाई यो प्रस्ताव पास गराउन सहयोग गर्ने हिन्दूवादी दल राप्रपाले धोका दिएका कारण सरकार अन्योलमा परेको छ ।

राट्रिय प्रजातन्त्र पार्टीले संशोधन प्रस्तावमा आनाकानी गरेपछि सरकारले यो प्रस्तावलाई थाती राख्ने निर्णय गरेको स्रोतले बतायो । यससँगै सरकार मधेसवादी दलहरुको अन्य मागहरुलाई सम्बोधन गरेर जसरी भएपनि आगमी असोज २ गते हुने भनिएको चुनावमा सहभागी गराउन कसरतमा जुटेको छ ।

यससँगै सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तार तत्काल नगर्ने भएका छन् । सत्तारुढ दलले मंगलबार मधेसवादी दलका शिर्ष नेताहरुलाई बोलाएर संविधान संशोधनका लागि दुई तिहाई नपुग्ने अवस्था आएको भन्दै यो विधेयकलाई थाती राखेर चुनावामा आउन आग्रह गरेका थिए । बैंठकमा सत्तारुढ दलको कुरा सुनेपछि मधेसवदी नेताहरुले भोटिङमा गएर संशोधन विधेयक फेल गर्नु भन्दा अब संशोधन विधेयकलाई केही समयका लागि फेरि होल्ड राखेर चुनावमा होमिने संकेत देखाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *