कावेली विकास बैंकले एलआईसीको जीवन बीमा योजना बेच्ने

काठमाडौं, चैत ६ । कावेली विकास बैंक धनकुटाले एलआईसी नेपालसँग बैकास्योरेन्स सम्झौता गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शैलेन्द्र वादे श्रेष्ठ र एलआईसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले धरानमा आयोजित एक समारोहबीच सम्झौतामा हस्ताक्षर गरे ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले एलआईसी जीवन बीमाको एक अन्तर्राष्ट्रिय ब्राण्ड र आम नागरिकमा यसको विश्वसनियता रहेको हुँदा एलआईसीको जीवन बीमा योजनाहरु सवै शाखा कार्यालयहरुबाट बेचिने जानकारी दिए ।

कार्यक्रममा एलआईसी नेपालका बैकास्योरेन्स विभाग प्रमुख विवेक शर्मा, प्रबन्धक धिरेन्द्र कुमार दास र बैंकका एचआर प्रमुख मोहन प्रसाद ढुंगेलको उपस्थिति थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *