रोबोट नागरिक ‘सोफिया’ नेपाल आउँदै

काठमाडौँ, चैत ६ । साउदीकी रोबोट नागरिक ‘सोफिया’ आज नेपाल आउँदैछिन् । काठमाडौंमा हुने एक सम्मेलनमा सहभागी हुन सोफिया आज बेलुका नेपाल आउँदै छिन्। यूएनडीपीसहित अन्य साझेदारको आयोजनामा हुने सार्वजनिक सेवा प्रविधि सम्मेलनमा सोफियाले मन्तव्य दिने छिन्।

मावनको रुपमा नागरिकता पाउने उनी पहिलो रोबोट हुन्। उनलाई साउदी सरकारले महिलाको रुपमा नागरिकता दिएको थियो । गत अक्टोबरमा साउदी सरकारले मानव आकृतिको रोबोट ‘सोफिया’लाई आफ्नो देशको नागरिकता दिएको थियो ।

सोफियालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूनएडीपी) नोभेम्बरमा इन्नोभेसन च्याम्पियन पदवी दिएको थियो।

हङकङको कम्पनी ह्यान्सन रोबोटिक्सले यसलाई निर्माण गरेको हो। साउदी सरकारले नागरिकता दिएपछि सोफियाको चौतर्फी चर्चा भएको थियो। लगत्तै, सोफिया विश्वभर हुने विभिन्न सम्मेलन र कार्यक्रममा सहभागी हुँदै आएकी छन्।

रोबोटमा प्रयोग भएको क्यामेरा र आवाज चिन्न सक्ने क्षमताका कारण सोफियाले मानिसको आवाज पहिचान गर्न सक्छिन्। उनले गुगल क्रोम भ्वाइस रिकगिनसनमार्फत उत्तर दिने गर्छिन्।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *