‘सायद २’ शुक्रबारबाट देशभर एकैसाथ प्रदर्शन हुने

काठमाडौं, असार २८ । ‘सायद २’ यहि शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र हो । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्रले प्रचार प्रसारलाई पनि ब्यापक बनाएको छ ।

सुशील श्रेष्ठ र स्यारोन श्रेष्ठको रोमान्स रहेको चलचित्रका मुख्य कलाकार पनि यी नै हुन् । सुशील र स्यारोनको अलवा निशा कार्की, रुविना श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे र सुशिल सिटौला को समेत चलचित्रमा अभिनय देख्न सकिन्छ ।

‘सायद’को सिक्वेलको रुपमा चलचित्र निर्माण भएको हो । सायद ब्यवसाहिक सफल मात्र नभएर निर्माण कम्पनी दुर्गिस फिल्मस्को ब्यानर स्थिापित गर्न सफल चलचित्र पनि हो ।

यसै चलचित्रको सिक्वेलले पनि दर्शकको मन जित्ने निर्माता सनिल रावलले बताए । ‘सायद २’ पहिलो सिक्वेल भन्दा धेरै फरक छ’ निर्माता रावलले भने ‘प्रेममा हुने सम्झौता लगायतका धेरै कुराहरु ‘सायद २’ मा देख्न सकिन्छ ।’ लभ, रोमान्स, एक्सन र कमेडी सबै चलचित्रमा रहेको उनले बताए ।

पुष्पराज न्यौपानेले निर्देशन गरेको यो चलचित्र सिनेमेटोग्राफर राजु विक्रम थापा हुन् । चलचित्रको द्धन्द्ध अष्ट महर्जन र कोरियोग्राफी गोविन्द राई र विक्रम स्वाँरले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *