खर्च विवरण बुझाउन आयोगको निर्देशन

काठमाडौं, असार २८ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आफुले गरेको खर्चको विवरण बुझाउन राजनीतिक दल र तिनका उम्मेदवारलाई निर्देशन दिएको छ ।

सुचना निकाल्दै आयोगले परिणाम सार्वजनिक भएको ३० दिन भित्र निर्वाचन अबधिमा भएको खर्च विवरण उपलब्ध गराउन भनेको हो । यस्तो विवरण जिल्ला वा क्षेत्रिय निर्वाचन कार्यालयमा बुझाउन सकिने आयोगले जनाएको छ ।

निर्वाचनमा गाउँसभा र नगरसभामा निर्वा्चित सदस्यले जिल्ला सम्वन्वय समितीको प्रमुख, उपप्रमुख वा सदस्य पदका उम्मेद्वार हुनुभन्दा अगावै खर्च विवरण बुझाउन आयोगले सुचित गरेको हो । स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ६४ (४) को उपदफा २ मा निर्वाचन परिणाम सार्बजनिक भएको ३० दिन भित्र खर्च विवरण आयोगमा बुझाउनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *