सेल्फीको बढी प्रयोगले निम्त्याउन सक्छ यस्ता खतरा !

“सेल्फीमा बच्चा देखि बृद्ध सम्मको आकर्षण बढेको देखिन्छ । सेल्फी लिने र सामाजिक सञ्जालमा राख्ने प्रचलन त विश्वव्यापी रुपमा बढ्दै गएको छ । अझ भन्नुपर्दा आजभोलिका मानिसहरुको दैनिकी नै बनेको छ ।

तर मनोविज्ञहरुले भने एकैदिनमा पटकपटक सेल्फी लिनु मानसिक समस्या हुन सक्ने बताएका छन् । यसलाई उनीहरुले ‘सेल्फी दुव्र्यसन’ को नाम दिएका छन् । यद्यपि अमेरिकन साइक्रियाट्रिक एशोसियसनले भने यसलाई मानसिक समस्याको सूचीमा राखेको छैन ।

तर विज्ञहरु भन्छन्, ‘विश्वमा बढ्दो सेल्फी दुव्र्यसनले मानसिक समस्या सेल्फिटिज निम्त्याउने खतरा छ ।’ भारतमा युवाबीच गरिएको यो अध्ययनबारे इन्टरनेशल जर्नल अफ मेन्टल हेल्थ एण्ड एडिक्सनमा प्रकाशित छ ।

मानिसले पटकपटक सेल्फी लिने र फेसबुक, स्न्यापच्याट, इन्स्टाग्रामजस्ता सामाजिक सन्जालमा अपलोड गर्नुलाई नै सेल्फी दुव्र्यसनका रुपमा लिन सकिने क्यालिफोर्निया स्टेट युनिभर्सिटीका मानसिक रोगका प्रोफेसर डा. रमणी दुर्बासुला बताउछिन् । ‘तपाईंको फोटो ५० प्रतिशतभन्दा बढी सेल्फी छ र अझ त्यसमा फिल्टर प्रयोग गर्ने गरिएको छ भने त्यो खतराको लक्षण हो,’ रमणी भन्छिन् ।

उनका अनुसार लामो समय सामाजिक सन्जालमा बस्ने मानिसमा आत्मविश्वासको कमी हुने र कुनै पनि कुरा सामना गर्न नसक्ने हुने कुरा अध्ययनले नै देखाएको छ । यस्ता व्यक्तिमा डिप्रेसन, चिडचिडाहट पनि हुन्छ ।

‘सेल्फिटिज’ बाट बच्न फोनबाट परै बस्ने र सेल्फीमुक्त क्षेत्र सिर्जना गर्नुपर्ने डा. रमणी बताउछिन् ।

अमेरिकास्थित विशेष शल्यक्रिया शाखाका खेल चिकित्सक जोर्डन मेट्जलका अनुसार अत्यधिक सेल्फी लिदाँ यस्तो समस्या हुने गरेको छ ।

बारम्बार सन्देश टाइप गर्दा र मोबाईबाट तस्बिर खिच्दा यो समस्या उत्पन्न हुन्छ । ‘प्रविधि र मानिसको बेजोड संगमले शारीरिक पीडा बढेको छ,’ उनी भन्छन् ।

समस्याबारे उनी अगाडि भन्छन, —‘कुईनो तन्काएर सेल्फी लिदा मांशपेशीमा अत्यधिक पीडा हुन्छ । कुईनाको पीडाबाट मुक्त हुन एड्भिल वा मोटरिन जस्ता औषधी प्रयोग गर्न सकिने उनको सुझाब छ । माशंपेशीमा आईस राखेर वा मांशपेशी तन्काएर पनि कुइनको उपचार गर्न सकिने उनी बताउँछन् । पछिल्लो समयमा किशोर किशोरीमा यस्ता प्राविधिक चोटमा वृद्धि भएको उनी बताउँछन् ।

गेमिङ, स्नाप च्याटको प्रयोग, सेल्फी, एसएमएस र ट्विटङले किशोर किशोरीलाई प्राविधिक रुपमा घाइते बढाएको उनको भनाई छ । ‘पछिल्ला समयमा हामीले किशोर किशोरीमा कार्पल टनेल सिन्ड्रोम (हात वा औलामा नसाको कम्प्रेसनका कारण हुने समस्या)बाट पीडित भएको पाएका छौँ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *