ब्लड क्यान्सर पिडीत थिङको उपचारमा समस्या, सहयोगको लागी अपिल

रौतहट, असार २८ । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका २ जुडिबेलाका मिन बहादुर थिङ धेरै सपनाहरू लिएर वैदेशिक रोजगारीमा होमिएका थिए । ठुलो सपना लिएर लामो यात्रा तय गर्ने क्रममा मलेसिया लाई आफ्नो कर्मथलो रोजेका थिङको सपना माथी यतिबेला ग्रहण लागेको छ । 
भर्खरै वैवाहिक वन्धनमा बाधिएका थिङलाई पारिवारिक जिम्मेवारीहरु ले थप चापेको थियो । नाबालक बाल बच्चा को हेरचाह पालन पोषण पढाई खर्च यी सब कुरा ले उचाइ लिदै थियो । हावा पानी वातावरण राम्रो सुनेकै ले पनि ठुला आशाका पहाड बोकेर मलेसिया गएका उनी मलेसिया को जोहोरबारु दारुल भन्ने एक कम्पनिमा काम गर्दै २ साल कटाएका उनको परिवार को आशा केन्द्र नै उनी थिए र सम्पुर्ण परिवार उनकै कमाईमा आश्रित थिए ।
काम गर्दै गर्दा २ सालबितेपछि उनलाई कहिले हात गोडा झम्झमाउने त कहिलेकाही टाउको दुख्ने अल्छी मात्रै लाग्ने क्रम सुरु भयो । दिनहु जसो यो क्रम बढिरहदा सकिनसकी काममा आउने जाने गर्थे उनि । तर जब ३ साल पूरा हुने बेला ज्वरो आउने हात गोडा गल्ने हुन थालेपछी काम गर्ने कम्पनीले उनलाइ हस्पिटल लग्यो,उनलाइ ब्लड क्यान्सर भएको कुरा कम्पनिका मालिकले सुनाएपछि उनि छागा बाट खसे झै भए ।
उनि भक्कानिए अनि आफ्नो घरपरिवार सम्झदै बिलाप गर्न अनि रुन थाले । त्यस दिन देखि उनलाइ न त रातमा निन्द्रा नै लाग्यो न त दिनमा भोक नै , यसरी तड्पिए करिव २० दिनमा उनि घर फर्किने निधो भयो । साधारण डेगी को कारण ब्लड क्यान्सर भएका मिन बहादुर ३ वर्षे कार्याअबधी नसक्दै नेपाल फर्किए । नेपाल फर्किए लगत्तै उनि सिभिल सर्भिस हस्पिटल काठमाण्डुमा उपचार गर्नतर्फ लागे । आर्थिक स्थिती अत्यन्तै नाजुक भएका थिङलाई अहिले आफ्नै देशमा उपचार गर्न आर्थिक संकट परेको छ ।
आर्थीक संकटमा परेका थिङले अस्पतालकै बेडबाट सबै नेपालीसंग सहयोगको याचना गरेका छन् । अस्पतालले ३० लाख भन्दा बढी रकम खर्च हुन्छ भन्यो तर आफुसंग त्यती धेरै रकम छैन,भावुक हुदै थिङले भने । कहि कसैले आर्थीक सहयोग गरिदएमा आभारी हुने थिए र नया जीवन जिउने थिए भन्दै थिङले गुहार मागेका छन् । २ महिना देखी सिभिल सर्भिस अस्पताल काठमाण्डौमा उपचाररत थिङले आफुलाई सहयोग गर्न र बचाउन भन्दै आफ्नो कृषि विकास बैंक को खाता नम्बर ०५०८१००६७९७०७०१९ मा पैसा जम्मा गरिदिन गुहार गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *