ठुलो दुर्घटनाबाट बच्यो जहाज, भैरहवा विमानस्थल बन्द

काठमाडौं, चैत ४ । यती एयरलाईन्सको जहाज भैरहवा विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ।  गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमा रोकिएको छ।

काठमाडौंबाट भैरहवा आएको 9 n-AJC नं. को उक्त जहाज धावनमार्गमा रोकिएपछि अहिले क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।

विमानमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। जहाज धावनमार्गको विचमा रोकिएपछि भैरहवा विमानस्थलमा अन्य जहाजको अवतरण र उडान कार्य रोकिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *