राष्ट्रिय सभाको उपाध्यक्षमा शशिकला निर्वाचित

काठमाडौं, चैत ४ । रष्ट्रियसभाको उपाध्यक्ष पदमा शशिकला दाहाल निर्वाचित भएकी छन् । आइतबार भएको निर्वाचनमा दाहाल ४५ मतसहित निर्वाचित भएकी हुन् । दाहालकी प्रतिश्पर्धी उम्मेदवार बृन्दा रानाको पक्षमा ११ मत परेको थियो ।

राष्ट्रियसभाको उपाध्यक्ष पदमा माओवादीकी दाहाल र काँग्रेसकी बृन्दादेवी आले (राना)को उम्मेद्वारी परेको थियो । राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उपाध्यक्ष पदको निर्वाचन भएको हो ।

निर्वाचनमा अध्यक्षबाहेक ५६ जनाले मतदानमा भाग लिएका थिए । निर्वाचन मत विभाजनका आधारमा भएको थियो ।

यसअघि फागुन ३० मा राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमिल्सिना निर्वाचित भएका थिए । उपाध्यक्षमा निर्वाचित दाहाल महोत्तरीकी हुन् भने आले कास्की जिल्लाबाट प्रतिनिधित्व गर्छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *