चरेशसहित एक महिला पक्राउ
मकालु खबर
२०७४ जेठ १५ गते
“
रोल्पा, चैत ४ । सदरमुकाम लिवाङबाट चरेशसहित एक महिला पक्राउ परेकी छन् ।
रोल्पा बसपार्क नजिक चिउराबोट भन्ने स्थान घुम्तीमा पसल गर्दै आएकी रोल्पा नगरपालिका–९ ह्वामाकी ४१ वर्षीया शर्मा विक दुई किलो ७०० ग्राम चरेशसहित पक्राउ परेकी हुन् । सुराकीले दिएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थी नेतृत्वको टोलीले चरेशसहित ती महिलालाई पक्राउ गरेको बताइएको छ । “डेरामै लुकाएर राखिएका अवस्थामा सो चरेश पक्राउ गरेका हौँ”, प्रहरी प्रवक्ता पन्थीले भने ।
अभियुक्त विकलाई हाल अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । अनुसन्धानपछि उनलाई लागुऔषध कारोवार ऐनअन्तर्गत कारवाही गरिने प्रहरीले बताएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित