सर्बियन नोभाक विम्बल्डन टेनिसको पुरुष एकलतर्फको क्वाटरफाइनलमा

२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २८ । विश्व नम्बर दुई सर्बियन नोभाक जोकोभिकले विम्बल्डन टेनिसको पुरुष एकलतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सर्बियन जोकोभिकले मंगलबार भएको चौथो चरणमा फ्रान्सका एड्रियन मानारिनोलाई पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गरेका हुन् ।
लण्डनस्थित सेन्टर कोर्टमा तिन पटकको विम्बल्डन बिजेता जोकोभिकले मानारिनोमाथी ६ – २, ७ – ६ (७ – ५ ) र ६ – ४ को सेटमा जित निकाल्दै अन्तिम आठमा स्थान बनाएका हुन् । अब सेमिफाइनल प्रवेशका लागि जोकोभिकले चेक रिपब्लिकका टोमस बर्डिचको सामना गर्ने छन् । बर्डिच सोमबार नै क्वाटरफाइनलमा पुगीसकेका छन् ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित