विश्वकप छनौट क्रिकेट प्रतियोगिता: नेपाल आठौं स्थानमा 

काठमाडौं, चैत ४ । आठौं स्थानमा रहँदै नेपालले जिम्बाब्वेमा जारी आइसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता सकाएको छ । प्रतियोगिता अन्तरगत हिजो भएको सातौं स्थानको प्लेअफमा नेदरल्यान्ड्ससँग ४५ रनले पराजित भएसँगै नेपाल आठौं स्थानमा सीमित भएको हो । खेलमा १९० रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४४ दशमलव ४ ओभरमा अलआउट हुँदै १४४ रनमात्र जोड्न सक्यो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३६ रनको योगदान गरे । दीपेन्द्रसिंह ऐरीले २५ तथा कप्तान पारस खड्काले २२ रन जोडे । खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १८९ रन बनाएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *