कूलमानलार्इ युएर्इबाट अायाे यस्ताे पत्र

काठमाडौं, चैत ४ ।  संसारमा यस्ता पनि व्यक्ति जन्मिन्छन्, जसले कहिले पनि आफ्नो नैतिकता, इमान्दारिता र धैर्यतालाइ गुमाउदैनन् । कहिले पनि लोभ लालचमा पर्दैनन्, अरुको सम्पतिमा कहिले आँखा लगाउदैनन् ।

देश सेवा र समाज सेवा उनीहरुको रगतमै बगेको हुन्छ । यस्ता इमान्दार र कर्तब्य निष्ट व्यक्तिलाई समाजका सबै बर्गले चिन्न र बुझ्न सकेका हुँदैनन् । भनिन्छ हरेक मान्छेका सकारात्मक र नकारात्मक दुवै पक्षहरु हुन्छन् । कसैकसैकाे त सकारात्मक पक्ष यति बलियो हुन्छ कि त्यसले उसको नकारात्मक पक्षलाइ नै छाँयामा पारिदिन्छ ।

त्यस्तो व्यक्तिका रुपमा उर्जा मन्त्रि जनार्दन शर्मालाई लिन सकिन्छ । तर, शर्मा भन्दा पनि राष्ट्र र जनताका लागि मरिमेट्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ्गको नकारात्मक पक्ष भेट्न गारै पर्ला । जसरी मनमोहन अधिकारी र मदन भण्डारीको नैतिकता र इमान्दारिता माथि कसैले पनि प्रश्न उठाउन सक्दैनथ्यो ।

कुलमान घिसिङ्ग पनि त्यस्तै व्यक्ति हुन् भन्ने कुरामा कुनै शंका छैन । इमान्दार र कर्तब्य निष्ट भएर सिंगो नेपाललाइ लोड सेडिङ मुक्त बनाउने अभियानमा लागेका कुलमानको गुन आम नेपालीले कहिलै पनि बिर्सन सक्दैनन् । त्यसैले कुलमान घिसिङ्गको नैतिकता र इमान्दारिता माथि शंका गर्नु अन्यायपूर्ण हुन् जान्छ । यदि उनले चाहेको भए दुइ तिन घण्टा लोड सेडिङ गराएर पनि करोडौ कमिसन खान सक्ने होला । दुर दरारका गाउँका मान्छेले पनि कुलमानको नैतिकता राम्रै सँग बुझेका छन् ।

त्यसैले केहि अबुझ व्यक्तिहरुले आरोप लगाउँदैमा दुःख मान्नु पर्ने स्थिति बिल्कुल छैन । कुलमान बिसुद्ध निजामति कर्मचारी हुन्, उनलाई राजनीतिक पार्टी सँग लेनादेना केहि छैन । सरकारी कर्मचारीले राजनीति गर्न हुँदैन भनेर उनले राम्रो सँग बुझेका छन् । यदी उनलाई कुनै पार्टी प्रति आस्था छ भने त्यो उनको व्यक्तिगत कुरा हो । त्यसैले यो बिषयलाइ लिएर कसैले पनि राजनीतिक फाइदा लिन खोज्नु हुँदैन । र, कुलमान कुनै राजनीतिक पार्टीको ब्रान्ड एम्बेसडर पनि होइनन्, र दाइजो पनि होइनन् ।

जसले कुलमानको प्रतिभालाइ चिनेर ठाँउ दियो, त्यो व्यक्ति जुन पार्टीको भए पनि तारिफ गर्नैपर्छ । एलइडी बल्ब ख़रीदमा अफ्ठेरो परेको हुँदा सरकारले नेपालको सार्बजनिक खरिद ऐन कि परिमार्जन गर्नु पर्दछ, कि खारेज नै गरिनु पर्दछ । बिद्यमान सार्बजनिक खरिद ऐन मार्फत लामो टेन्डर प्रक्रियामा जाँदा छ महिना देखि एक बर्षसम्म लाग्न सक्छ, जसले गर्दा एक बर्षसम्म चाहिएको समान प्रयोग गर्न नपाउँदा करोडौं घाटा त लाग्छ नै त्यो भन्दा पनि ठुलो घाटा छ महिना पछि बजार भाउ बढेर हुने गर्दछ ।

त्यसैले यो सार्बजनिक खरिद ऐनलाइ समय सापेक्ष बनाइनु नितान्त जरुरी छ । बिगतमा सरकारले बिना टेन्डर ठुला रकमको समान खरिद गर्न खोज्दा सार्बजनिक खरिद ऐन अन्तर्गत अदालतमा रिट परेर त्यस्ता खरिद रद्द भएको थुप्रै घटनाहरु छन् । त्यसैले सरकारसँग केहि विशेष अधिकार छ भने मात्र यो खरिद प्रक्रिया अगाडी बढ्न सक्छ । नत्र भने देश र जनताको हितमा हुँदा हुँदै पनि अदालतमा रिट परेर यो खरिद प्रक्रिया नै रद्द हुन सक्ने स्थिति छ । किनकि नेपालमा काम गर्ने भन्दा खुट्टा तानेर बिगार्नेहरू धेरै छन् ।

कुनै पनि सचेत नेपालीले एलइडी बल्ब खरिदमा कुलमानका विरूद्ध अदालतमा रिट हाल्नु हुदैन । कुरा सहि हो बिना टेण्डर खरिद गर्दा प्रतिष्पर्धा हुन पाउँदैन । केहि महँगो पनि पर्न जान सक्छ, तर त्यसमा पनि २ वटा कुरा छन् । एउटा ठुलो परिमाणको समान खरिद गर्ने हुँनाले सकेसम्म डिस्काउन्ट माग्ने, डिस्काउन्ट पाउने स्थीति रहे नरहेको जानकारी जनतालाई गराउने । दोश्रो सामानको मुख्य उत्पादक कम्पनीसँग सिधै सम्पर्क गरेर किन्ने कोशिष गर्ने । यो दुवै प्रयास सम्भब भएन, त्यसैले भारतीय कम्पनीसँग नै किन्नु पर्ने बाध्यता भयो भनेर जनतालाइ कुरा बुझाउने । टेन्डर गर्दा पनि भ्रष्टाचार भएका धरै घटनाहरु छन्, त्यसैले टेन्डर गर्दा भष्टाचार हुँदैन भन्ने के ग्यारेन्टी छ ? टेन्डर गर्दा प्रतिष्पर्धामा केहि सस्तोमा हुन्छ भन्ने मात्रै हो ।

टेन्डर गर्दा सस्तोमा पाउने परिस्थिति छ कि छैन, सरकारले बिबेक प्रयोग गरेर अगाडी बढ्ने कुरा हो तर, बिशेष परिस्थितिमा बाहेक अन्य खरिदारी वा ठेक्का पट्टामा टेन्डर गर्नुको बिकल्प छैन । टेन्डर गर्दा गुणस्तरीय सामान नपर्न पनि सक्छ । यदी समान गुणस्तरीय भएन भनेफ एक वर्ष टिक्ने बल्ब छ महिना पनि नटिक्न सक्छ । त्यसैले क्वालिटीमा कुनै सम्झौता गर्नु हुँदैन । फिलिप कम्पनी लाइटका लागि बिश्वासिलो र बिश्व प्रसिद्ध छ । अर्को कुरा यदी नेपालमा बर्षको चार अरबको एलईडी बल्बको माग छ भने, फिलिप कम्पनी वा त्यस्तै कम्पनी सँग दिर्घकालिन सम्झाैता पनि गर्न सकिन्छ ।

कुरा गरेर नेपालमै कारखाना खोलेर यहीँ उत्पादन किन नगर्ने ? सके आफैले एलईडी बल्ब उत्पादन कम्पनी खोले पनि झन् राम्रो। सुरुमा बिदेशी प्राबिधिक र प्रबिधि ल्याएर कम्पनी खोल्ने, पछि त नेपाली प्राबिधिकले पनि काम सिकि हाल्छन । यदी त्यसाे गर्नसके अरबौं रकम बिदेशिनबाट बच्ने थियो र, रोगजारी पनि सृजना हुने थियो । बर्षौंदेखि घाटामा चलेको नेपाल विद्युत प्राधिकरण कुलमान घिसिङ्गकै कारणले नाफामा जाने स्थितिमा पुगेको छ । र, केहि बर्षमा विद्युत निर्यात गर्ने स्थितिमा पनि पुग्नेमा हामी विश्वस्त छाैं । कुलमान सर, अब विद्युत प्रयोग गरेर खाना पकाउने तिर लाग्नु पर्छ । त्यसको लागि नेपाल विद्युत प्राधिकरणले नै एलईडी बल्ब किने जस्तै इन्डक्सन चुलो किनेर जनतालाई सस्तोमा विक्री गर्नुपर्छ । सस्तो र सुलभ भए जसले पनि किन्छन् ।

मेट्रो रेल र विद्युतिय सबारी साधन प्रयाेगमा सरकारले नीति तथा याेजना ल्याउनु पर्छ । चीनबाट आउने भनेको ३० विद्युतिय बस किन आएन । बिस्तारै कल कारखाना खोलेर विद्युतिय उपकरण र इन्डक्सन चुलो नेपालमै बन्ने वाताबरण बनाउनु पर्छ । सधै बिदेशी समान किन्दा किन्दा देश र जनता गरिब भए । अब नेपाली रुपैँया बिदेसिन दिँनु हुँदैन । अर्को एउटा महत्वपूर्ण कुरा के भने धेरै अरब देशले आफ्ना नागरिकलाइ निःशुल्कमा ल्याण्ड लाइन टेलिफोन सुबिधा, विद्युत र रासन समेत दिन्छन् । हामी पनि गरिब नेपालीलाई निःशुल्क विद्युत दिन सक्छौं। यदी हामीले विदेशीलाई हजार मेगावाटका ५ वटा आयोजना मात्र बनाउन दिने हो भने पनि २५ प्रतिशत निःशुल्क अाउने विद्युतले गरिबीका रेखामुनी रहेका सर्बसाधारणलाइ निःशुल्क दिन सकिन्छ ।

कुलमान सरले गर्दा अहिले नेपाली उद्योग कलकारखाना नियमित चल्न पाएका छन् । विद्यार्थीले उज्यालोमा पढ्न पाएका छन् । पहिले विदेशबाट मोवार्इलमा फोन गर्नुपर्थ्यो । इमो वा इस्काइप चलाउन बत्ति नभएर इन्टरनेट नै चल्दैन थियो । अहिले विदेशबाट फोन गर्दा हाम्रो धेरै पेशा बचेको छ । ६० लाख बिदेशमा रहेका नेपाली मध्ये ७५ प्रतिशत नेपालीले इन्टरनेटका माध्यमबाट नेपालमा परिवारसँग कुराकानी गर्छन् । त्यसैले कुकुर भुक्दै गर्छ हात्ती चल्दै गर्छ । नबिराउनु न डराउनु भन्ने नेपाली उखान छ । ३ करोड नेपाली हजुरको साथमा छन् । अलिकति पनि बिचलित नहुनु होला ।

इमान्दार मान्छे रुँदा देश रुन्छ, सत्य रुन्छ, त्यसैले झिना मसिना कुरा गर्नेहरुको कुरामा चित्त नदुखाउनु होला । हजुरले जे गर्नु भयो, त्यहि ठाउँमा अरु पुगेको भए, बजेट छैन, स्राेत साधन छैन, मेनपावर छैन आदि अनेक बहाना गरेर तलब खाएर विदेश भ्रमण गरेर बस्ने थिए । गर्ने मान्छेलाई श्रोत र साधनको कमि हुदैन भन्ने उदारण हजुरले देखाउनु भएको छ । यदी हजुर जस्तो मान्छे सबै क्षेत्रमा हुँदो ७० लाख नेपाली युवा कामकाे खाेजीमा विदेसिनु पर्ने थिएन । हजुरको कामले देशमा परिबर्तन सम्भब छ है भन्ने ठुलो आशा जगाएको छ । अन्तमा उज्यालाे नेपाल बनाउने यहाँकाे अभियानले सार्थकता पाओस् हार्दिक शुभकामना ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *