टर्किस शरणार्थी सवार डुङ्गा दुर्घटना, १४ को मृत्यु, ३ बेपत्ता

काठमाडौं, चैत ४ । टर्कीबाट ग्रीसतर्फ जाँदै गरेको एक डुंगा समुद्रमा डुब्दा ४ बालबालिकासहित १४ जना शरणार्थीको मृत्यु भएको ग्रीसको राष्ट्रिय समाचार संस्था आम्नाले जनाएको छ।

‘डुङ्गा दुर्घटनामा परेका १४ जनाको मृत शरीर पानीबाट बाहिर निकालिएको र हराइरहेका ३ जनाको खोजी भइरहेको छ,’ एक ग्रीक सामुद्रिक सुरक्षा अधिकारीले भने।

दुर्घटनापछि पौडी खेलेर किनारमा पुग्न सफल केही व्यक्तिले डुङ्गामा २० जना यात्रु रहेको बताएका थिए। । डुङ्गा बस्तीबाट केही टाढा दुर्घटना भएको र दुर्घटनाको कारण भने अझै थाहा हुन सकेको छैन।

थप यात्रुपनि जीवित पाउने विश्वासमा ग्रीक सामुद्रिक सुरक्षा गार्ड, नौसेनाको पानीजहाज तथा हेलीकोप्टरमार्फत खोजी जारी रहेको बताइएको छ। एैजन क्षेत्रमा केही महिना यता डुङ्गा दुर्घटना भएका खबर नआइरहेका समय शनिबारको दुखान्त घटना भएको उद्धारमा सम्लग्न अधिकारीले जनाएका छन्।

सन् २०१५ पछि एैजन सामुद्रिक क्षेत्रमा सयौैं आप्रबासी शरणार्थीले ज्यान गुमाएका राष्ट्रसङ्घको तथ्याङ्क छ। यात्राका लागि अत्यन्तै खतरनाक मार्ग मानिने उक्तबाटो हुँदै विभिन्न मुलुकबाट ग्रीस पुग्ने शरणार्थीको सङ्ख्या १० लाखभन्दा बढी पुगेको छ।

पछिल्लो समय शरणार्थीले नाटकीय रूपमा उक्त बाटोको प्रयोग नगरिरहेको समय शनिबार उक्त डुङ्गा दुर्घटना भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *