सनराइज बैंकको बचतकर्तालाई स्वास्थ्य बिमा सुविधा

भरतपुर ३ चैत । सनराइज बैंक नारायणगढ शाखाले बचतकर्तालाई स्वास्थ्य बिमाको सुविधा उपलव्ध गरेको छ । बैंकले बचतकर्तालाई यसअघि नै दुर्घटना बिमाको सुविधा उपलव्ध गर्दै आएको थियो ।

सनराइज बैंक नारायणगढ शाखाले शनिबार कार्यक्रमको आयोजना गरी बचतकर्तालाई स्वास्थ्य तथा दुर्घटना बिमा तथा अन्य इलेक्ट्रोनिक सुविधाहरु उपलव्ध गरेको जानकारी दिएको छ । हरेक बचत खाताका बचतकर्तालाई डबल सुरक्षा भन्ने नाराका साथ सनराइज बैंकले बचतकर्तालाई स्वास्थ्य बिमा तथा इलेक्ट्रोनिक सुविधाहरु थप गरेको बैंकका नारायणगढ शाखाका प्रबन्धक प्रकाश कस्तीले जानकारी दिए ।

स्वास्थ्य बिमा हरेक बचत खाताका ग्राहकले उपयोग गर्न पाउने उनको भनाइ थियो । सनराइज बैंकसँग सहकार्य भएका अस्पतालहरुमा उपचार गराउँदा ग्राहकले विशेष छुट पाउनेछन् । खाता खोलेको दिनदेखि नै बचतकर्ताले सनराइज बैंकले दिएको सेवासुविधाहरु पाउने बैंकका प्रबन्धक कस्तीले बताए ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *