गणेश लामालाई छुटाउन बनेपामा जुलुश, प्रहरीसँग झडप

काठमाडौं, चैत ३ । हतियारसहित पक्राउ गरेका गुण्डा नाइके गणेश लामालाई रिहा गर्न माग गर्दै नेपाली कांग्रेसले राँके जुसुल निकालेको छ । जुलुसका क्रममा आन्दोलनकारी र प्रहरीबिच झडप समेत भएको छ । भिडलाई तितरवितर बनाउन प्रहरीले दुई सेल अश्रु ग्यास हानेको छ । बनेपा बजार अहिले तनावग्रस्त देखिएको छ ।

बुधबार राति गौशलास्थित होटल पशुपति भिजनमा गोली चलेको थियो, त्यही क्रममा लामा हतियारसहित पक्राउ परेका थिए । उनको साथबाट प्रहरीले पेस्तोल र ६ राउण्ड गोली समेत बरामद भएको थियो ।

प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट हातहतियार तथा खरखजाना मुद्दा अन्तरगत १० दिनका लागि म्याद थप गरेर अनुसन्धान थालेको छ ।

गत निर्वाचनमा लामा कांग्रेसको तर्फबाट काभ्रे क्षेत्र १(ख) बाट प्रदेश सभा उम्मेदवार समेत बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *