अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षमा ढकाल निर्वाचित, ३० वर्षे उमेर हदबन्दी लागू

काठमाडौं, चैत ३ । नेकपाको भ्रातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्षमा चिरञ्जीवी ढकाल निर्वाचित हुनुभएको छ ।

दाङमा गत फागुन २७ देखि ३० सम्म सम्पन्न क्रान्तिकारीको २१औँ राष्ट्रिय महाधिवेशनबाट ढकालको नेतृत्वमा ५९ सदस्यीय कमिटी दुईवर्षे कार्यकालका लागि निर्वाचित गरिएको क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष लालबहादुर तामाङले जानकारी दिनुभयो।

उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष भने यही चैत ८ र ९ गते हुने केन्द्रीय कमिटीको बैठकले चयन गर्ने बताइएको छ। क्रान्तिकारीले सो महाधिवेशनबाट ३० वर्षे उमेर हदबन्दीसमेत लगाएको छ।

महाधिवेशनमा ५०० प्रतिनिधि र २०० पर्यवेक्षकको सहभागिता थियो।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *