नबिल बैंकको पहिलो प्रादेशिक कार्यालय पोखरामा

काठमाडौँ, चैत २ । नबिल बैंकले पोखरामा नयाँ तीन शाखाहरु विस्तार गरेको छ । पोखरा स्थित न्यूरोड शाखाको ४ नं. प्रादेशिक कार्यालय तथा तालचोक, बगर र अमरसिंहचोकमा नयाँ शाखाहरुको औपचारिक उद्घाटन गरेको हो ।

४ नं. प्रदेशको प्रादेशिक कार्यालयको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी. तथा बैंकका संचालक समितीका अध्यक्ष शम्भु प्रसाद पौड्यालले संयुक्त रुपमा गरेका थिए । साथै बैंकका अध्यक्ष पौड्यालले तालचोक, बगर र अमरसिंहचोक स्थित थप नयाँ शाखाहरुको सोहि दिनमा उद्घाटन गरेका थिए ।

समारोहमा पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जि.सी.ले भने, ‘नबिल बैंकको प्रादेशिक कार्यालय र थप ३ नयाँ शाखाहरु सहित पोखरामा बैंकले ५ वटा शाखाहरुबाट सेवा प्रदान गर्ने भएकोमा हामीलाई अत्यन्त खुशी लागेको छ । बैंकले दिने सेवा सुविधाहरुबाट पोखराको विकासमा महत्वपूर्ण योगदान रहने विश्वास हामीले लिएका छौैँ  ।’

बैंकका अध्यक्ष श्री शम्भु प्रसाद पौड्यालका अनुसार,– ‘पोखरामा हामीले २०५३ साल देखी नै निरन्तर सेवा दिँदै आएका छौं । पोखराबासीहरुको मद्दतमा आज उद्घाटित ३ वटा शाखाहरु सहित ५ वटा शाखा पुर्याउन पाउनु मेरो लागि खुशीको कुरा हो । साथै यसरी ५ वटा शाखाहरु खोल्नका लागि जुन लगनशीलता पोखरावासीहरुले यस संस्थालाई उपलब्ध गराइदिनु भयो उहाँहरुलाई म मेरो तथा बैंकको तर्फबाट धन्यवाद दिन चाहन्छु । साथै नबिल बैंकले गरेको प्रगतीमा हजुरहरुको पनि सोहि अनुसार प्रगती भएको मैले विश्वास लिएको छु । ग्राहक सुविधा उपलब्धताको लागि धेरै सेवा केन्द्र विस्तार गर्ने हाम्रो प्रतिबद्धता अनुरुप ५ शाखाहरु मार्फत यस शहरमा सेवा प्रदान गर्न पाउँदा हामीलाई अत्यन्त खुशी लागेको छ । साथै राष्ट्रकै पहिलो प्रादेशिक कार्यालयको स्थापना गरी यस क्षेत्रको विकास कार्यमा संलग्न हुन पाएकोमा गाैरवान्वित छौँ । आवश्यक बैँकिङ्ग सुविधाहरु व्यवसायिक एवं प्रभावकारी रुपमा प्रदान गर्न र समाजका बृहत एवं छरिएर बसेका समुदायको बैंकिङ्ग आवश्यक्ता घरदैलोमै परिपुर्ति गर्ने तथा सधैँ उत्कृष्ट सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहनेछ ।’

बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, ‘बैंकको थप नयाँ शाखाहबाट ग्राहक महानुभावहरुले सम्पूर्ण बैँकिङ्ग सुबिधाहरु प्राप्त गर्न सक्नु हुनेछ । देशको अग्रणी स्थानमा रहन सफल नबिल बैंकले अनवरत रुपमा आफ्ना सेवा तथा सुबिधाहरु समाजका विभिन्न क्षेत्र र तप्काका बढि भन्दा बढि ग्राहकहरुलाई उपलब्ध गराउने उद्देश्य अनुरुप देशका विभिन्न क्षेत्रका आङ्खनो शाखा कार्यालयको सञ्जाल बढाउँदै लगिरहेको छ । ’

नबिल बैंकले ६२ वटा शाखाहरुको बृहत सञ्जाल, १०५ वटा एटिएमहरुको विशाल संरचना र १,५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत् सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरु सँगै अघि बढ्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *