पैदलयात्रीका लागि निर्माण गरिएको एउटा पुल भत्कदा कम्तीमा चार जनाको मृत्यु

काठमाडौं, चैत २ । अमेरिकाको मायामी शहरस्थित एकदमै व्यस्त सडक क्षेत्रमा पैदलयात्रीका लागि निर्माण गरिएको एउटा पुल भत्कँदा कम्तीमा चार जनाको मृत्यु भएको छ ।

फ्लोरिडा इन्टरनेशनल युनिभर्सिटी नजिकै अवस्थित उक्त पुलको भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी कार्यमा उद्धारकर्ताहरु खटिइरहेका छन् ।

आपत्कालीन उद्धारकर्ताहरूले भग्नावशेषमा पुरिएका कारहरुमा फसेका मानिसहरुलाई बाहिर निकालिरहेको बीबीसीले जनाएको छ । पुलको निर्माण शनिबार मात्रै पुरा भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *