दाङका व्यवसायी श्रेष्ठको हत्यामा संलग्न पुजा पक्राउ

नेपालगञ्ज, असार १७ । दाङ तुलसीपुरका व्यवसायी राजकुमार श्रेष्ठको अपहरणपछि हत्यामा संलग्न भनिएकी युवती भारतको हिमाञ्चल प्रदेश बाट पक्राउ परेकी छन् । व्यवसायी श्रेष्ठलाई ‘हनी ट्र्यापिङ’मा पारेर अपहरण गरी फिरौति माग्ने कार्यमा संलग्न पूजा घर्तीमगर नामकी ती युवतीलाई प्रहरीले भारतको हिमाञ्चल प्रदेशबाट स्थानिय प्रहरीको सहयोगमा प्रक्राउ गरेको हो ।

प्रहरीले गोप्य सुचनाका आधारमा भारतिय प्रहरीको सहयोगमा उनलाई प्रक्राउ गरी दांग ल्याएर मंगलबार सार्वजनिक गरेको छ । श्रेष्ठको हत्यामा संलग्न अन्य चार जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । तुलसीपुरका व्यवसायी राजकुमार व्यवसायी श्रेष्ठको अपहरणपछि भएको हत्या लगत्तै सामाजिक सञ्जालमा पूजा घर्तीमगरको तस्विर भाइरल भयो । प्रहरीले उनको उमेर १७ वर्ष भनेर सार्वजनिक गरे पनि खास उमेर २१ वर्ष भएको बताइन्छ ।

तुलसीपुरमा १२ कक्षासम्म अध्ययन गरेकी पूजाको सल्यान कालीमाटीका एक युवकसँग पहिला नै विवाह भइसकेको थियो ।
निकै तडकभडक जिन्दगी विताउने गरेकी पूजाले ती युवकसँग सम्बन्ध विच्छेद गरेको बताइन्छ । पूजा ब्युटिपार्लरमा काम गर्थिन् र निकै मोज(मस्तीपूर्ण जीवन बिताउँथिन् । अध्ययन वा कामभन्दा रंग–रमितामा रमाउन थालेकी उनको प्रगति देखेर उनका साथी समेत अचम्मित थिए । उनी विभिन्न मेला महोत्सवहरूमा नृत्य समेत गर्थिन् ।

ब्युटिपार्लरमा काम गर्न थालेदेखि उनी व्यवसायीहरूको सम्पर्कमा पुगेकी थिइन् । पूजा व्यवसायी श्रेष्ठसँग करिब डेढ बर्षदेखि नै सम्बन्धमा रहेको निकटस्थहरू बताउँछन् । पूजाको अधिकांश खर्च श्रेष्ठले नै धानिदिएको उनीहरूको भनाइ छ । पूजाको श्रेष्ठसँगको सम्बन्ध थाहा पाएका सल्यानका मानबहादुर भण्डारीले नै पूजालाई प्रयोग गर्ने तानाबाना बुनेका थिए । भण्डारीले पूजा मार्फत श्रेष्ठको सम्पत्ति र व्यवसायका बारेमा विस्तृत जानकारी लिदै अपहरणको योजना बनाएका थिए । भण्डारी र पूजाका बुवा टीकाराम घर्तीले ३ करोडसम्म असुल्ने योजनाका साथ पूजालाई मोहरा बनाएर उनको अपहरण गरेको बताइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *