अध्यक्ष ओली र महासचिव पोखरेलको सम्बन्ध किन चिसियो ?

सपथ लिनु अघि मात्र पोखरेलले आफ्नो मन्त्रालय थाहा पाए  

काठमाडौं, चैत २ । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रक्षामन्त्री एवम् एमाले महासचिव ईश्वर पोखरेलबीचको सम्बन्ध चिसिएको छ ।

प्रधानमन्त्री ओलीले अर्थमन्त्रीको दाबेदारका रुपमा रहेका पोखरेललाई रक्षामन्त्री बनाएपछि विवाद उत्कर्षमा पुगेको हो । आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।

समाचारमा लेखिएको छ, अर्थमन्त्री बन्ने आकाक्षांसहित पार्टी अध्यक्ष ओलीसँग लबिङ गरेका महासचिव पोखरेल अन्तिम समयसम्म अर्थमन्त्री हुनेमा ढुक्क थिए ।

दोस्रोपटक मन्त्रिपरिषद विसतार हुने दिन बालुवाटारमा ओली र पोखरेलबीच मन्त्रालयको बीचमा छलफल भएको थियो ।

पोखरेलले अर्थमन्त्रीबाहेक अन्य मन्त्रालयमा नजाने अडानसहित बाहिरिने क्रममा ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिने प्रतिवद्धतासहित शपथको तयारी गर्न आग्रह गरेका थिए ।

एमालेका एक नेताका अनुसार,

-सपथका लागि तयारीका साथ महासचिव पोखरेल शीतल निवास पुग्नुभयो ।

-कुन मन्त्रालय हो टुंगो लागेको थिएन ।

-शीतल निवासभित्र प्रवेश गरेपछि रक्षा मन्त्रालयबाट स्वागतका लागि तयारी अवस्थामा रहेको कर्मचारीको फोन आयो ।

-त्यसपछि महासचिव पोखरेल ओलीसँग निकै रुष्ट बन्नुभएको छ ।

रक्षा मन्त्रालयबाट खबर आएपछि मात्र मन्त्रालयको पत्तो पाएका पोखरेलले रक्षामन्त्रीको शपथ लिने कि नलिने दोधारमा परेका थिए । तर शीतल निवासमा सबै तयारी भएकाले सपथ लिने निर्णय लिनुभएको एमालेका एक नेताले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *