नेविसंघका उपाध्यक्षले चन्दा असुलेको केन्द्रीय सदस्यहरुको आरोप

काठमाडौं, चैत १ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले अनिधिकृत चन्दा संकलन गरेको नेविसंघकै केन्द्रीय सदस्यहरुले आरोप लगाएका छन् ।

प्रदेश नं ७ बाट प्रतिनिधित्व गर्ने नेविसंघका केन्द्रीय सदस्यहरुले ‘संघलाई बद्नाम गर्ने नियतीले प्रदेश नं ७ बाट प्रतिनिधित्व गर्ने उपाध्यक्ष शाहीको हस्ताक्षरले काठमाडौं लगायतका शहरहरुबाट चन्दा उठाएको भेटिन आएकोले ध्यानाकर्षण भएको’ जनाएका छन् ।

नेविसंघका केन्द्रीय सदस्यहरु देवराज जोशी, गणेश भट्ट, इश्वरी वम र कैलास चन्दद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘संगठनको काम कारवाही विधि र विधान अनुसार चल्नुपर्नेमा स्वेच्छाले चन्दा रकम असुल गरिरहेको हुँदा उक्त चन्दा असुल के कति कारणले उठाइएको हो भनि केन्द्रीय अध्यक्षको ध्यानाकर्षण गराउँदछौं ।’

यस्तै, उनीहरुले नेविसंघको कुनै कार्यक्रम गर्नुपर्ने भएमा केन्द्रीय समितिको बैठकमा छलफल गरी जिम्मेवारी बाँडफाँड गरेर संगठनको काम कारवाही अगाडी बढाउन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *