प्रहरीद्वारा हराएका १६ मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा

काठमाडौँ, चैत १ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका १६ मोटरसाइकललाई फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ ।

महाशाखाले उपत्यकाका ठमेल, महाराजगञ्ज, बौद्ध, धुम्बाराही, सातदोबाटो, बागबजार, गल्फुटार लगायतका स्थानबाट हराएका मोटरसाइकलको खोजी गरी आज सम्बन्धित धनीलाई जिम्मा लगाएको हो । उत्तम श्रेष्ठ, गौरव रजक, केशव हुमागाईं, बालकृष्ण खड्का, तीर्थमान तामाङ, कृष्णकुमार अछामी, टेकनाथ सुवेदी, हीरालाल घलान, आशीष श्रेष्ठ, राजु खड्का, सरोज खनाल, निश्चल शाह, राजन सिलवाल, पेमाचिवे शेर्पा र उदयकुमार सिंहको मोटरसाइकल जिम्मा लगाएको हो ।

महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक उमेश रञ्जितकारले हराएका मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाएका हुन् । जथाभावी मोटरसाइकल राखेर हिँड्दा चोरी हुने गरेकाले सुरक्षित ठाँउमा पार्किङ गर्न मोटरसाइकल चालकलाई उनले सुझाव दिएका छन् ।

महाशाखाले यो आर्थिक वर्षमा १६३ धनीको हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *