खोटाङमा ६० प्रतिशत रोपाईं सकियो

२०७४ जेठ १५ गते

“
खोटाङ, असार २७ । खोटाङमा यो बर्षको असार सकिनै लाग्दा ६० प्रतिशत धान रोपाईं सकिएको छ । स्थानीय तहको दोश्रो चरणमा सम्पन्न भएको निर्बाचनका कारण रोपाईंमा केही बाधा पुगे पनि अनुकुल मौसमको कारण सहज ढंगबाट रोपाईं भईरहेको जिल्ला कृषि बिकास कार्यालयका वरिष्ठ कृषि बिकास अधिकृत श्यामप्रसाद घिमिरेले बताउनुभयो ।
घिमिरेका अनुसार समयमै बर्षा शुरु भएको कारण धान रोपाईंका लागि गत बर्षहरुको तुलनामा यो बर्षको मौसम अनुकुल मानिएको छ । करिब १० हजार हेक्टर क्षेत्रफलमा बर्खे धान खेति हुने गरेकोमा बार्षिक १५ हजार मेट्रिक टन धान जिल्लामा उत्पादन हुने गरेको कृषि बिकास कार्यालयले जनाएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित