उपसभामुखमा पुष्पा र तुम्बाहाम्फे भिड्दै

काठमाडौं, चैत १ । प्रतिनिधिसभाको उपसभामसुखका लागि वाम गठबन्धनबाट एमाले सांसद शिवमाया तुम्बाहाम्फे र नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएका छन् । उनीहरु दुबै समानुपातिक सांसद हुन् ।

माओवादीका कृष्णबहादुर महरा सभामुख बनेपछि उपसभामुख एमालेको भागमा परेको हो । सरकारमा जाने तयारीमा रहेको फोरमले पनि उपसभामुख दावी गरेको थियो । तर, एमालेले तुम्बाहाम्फेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

वाम गठबन्धनबाट उम्मेदवार बनेकी तुम्बाहाम्फेको पक्षमा प्रष्ट बहुमत देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *