शिशु जन्माउने अधिकार महिलालाई हुनुपर्ने सभामुखको भनाइ

२०७४ जेठ १५ गते

“
काठमाडौं, असार २७ । सभामुख ओनसरी घर्तीमगरले कति शिशु जन्माउने र कति जन्मान्तर बनाउने भन्ने निर्णय गर्ने अधिकार महिलालाई हुनुपर्ने बताउनुभएको छ ।
विश्व जनसंख्या दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घर्तीमगरले यस्तो अधिकारले महिलालाई उत्पादनशील कार्यमा लाग्न अनुकूल वातावरण बनाइदिने बताउनुभयो ।
सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ का दिन विश्व जनसंख्या दिवस मनाइँदै आइएको छ । यसवर्ष विश्व जनसंख्या दिवसको नारा ‘मानव सशक्तीकरण र समृद्ध राष्ट्रका लागि परिवार नियोजन’ भन्ने छ । नेपालमा सन् १९९० देखि लगातार जनसंख्या दिवस मनाइँदै आइएको छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित